वैज्ञानिक सम्मेलनमा टेक्सास कलेजका विद्यार्थीले पाए स्वर्ण पदक

<p>काठमाडौं । सातौं युवा वैज्ञानिक शिखर सम्मेलनमा काठमाडौंस्थित टेक्सास इन्टरनेशनल कलेजको विद्यार्थी समूहले स्वर्ण पदक प्राप्त गरेको छ । नेपाल पोलिमर इन्स्टिच्युटद्वारा आयोजित सो सम्मेलनमा टेक्सासका विद्यार्थीहरुले कम्प्युटर विज्ञान समूहअन्तर्गत स्वर्ण पदक प्राप्त गरेका हुन् । कलेजका अनुसन्धानकर्ता विद्यार्थी बिरुण राणा, अनुज भट्टराई र राजेश श्रेष्ठले ‘होम अटोमेसन सिस्टम युजिङ नोडएमसियु इएसपी८२६६ माइक्रोकन्ट्रोलर’ (कोड सिएस८) [&hellip;]</p>

काठमाडौं । सातौं युवा वैज्ञानिक शिखर सम्मेलनमा काठमाडौंस्थित टेक्सास इन्टरनेशनल कलेजको विद्यार्थी समूहले स्वर्ण पदक प्राप्त गरेको छ । नेपाल पोलिमर इन्स्टिच्युटद्वारा आयोजित सो सम्मेलनमा टेक्सासका विद्यार्थीहरुले कम्प्युटर विज्ञान समूहअन्तर्गत स्वर्ण पदक प्राप्त गरेका हुन् ।

कलेजका अनुसन्धानकर्ता विद्यार्थी बिरुण राणा, अनुज भट्टराई र राजेश श्रेष्ठले ‘होम अटोमेसन सिस्टम युजिङ नोडएमसियु इएसपी८२६६ माइक्रोकन्ट्रोलर’ (कोड सिएस८) परियोजना विकास गरेका थिए । सोही परियोजना उत्कृष्टताको आधारमा उनीहरुले गोल्ड मेडल प्राप्त गरेका हुन् । युवा वैज्ञानिकको अनुसन्धान कार्यको नवीनताका आधारमा पुरस्कार तथा पदक लागि उनीहरु छनोट भएका हुन् ।

सम्मेलन ‘विज्ञान, प्रविधि र नवप्रवर्तनमार्फत राष्ट्रको समृद्धिका लागि युवाहरूको सहभागिता’ भन्ने नाराका साथ सम्पन्न कार्यक्रम युवा वैज्ञानिकहरूलाई छलफल, आविष्कार र आविष्कारहरूमा सशक्तिकरण र जोड्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । सम्मेलन नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय आविष्कार केन्द्र, नेपाल युवा परिषद्, युनेस्को नेपाल, अनुसन्धान तथा विकास सोसाईटी नेपाल र नेपाल विज्ञान शिक्षक समाजसँगको सहकार्यमा आयोजना गरिएको थियो । यस सम्मेलनमा प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट कक्षा ८ देखि १२ सम्मका युवा वैज्ञानिकहरुले सहभागिता जनाएका थिए ।

सम्मेलनमा ३१ विद्यालयका ५६ वटा अनुसन्धान प्रोजेक्टहरुबीच प्रतिस्पर्धात्मक प्रतियोगिता भएको थियो । जसमा युवा वैज्ञानिकहरुले इन्जिनियरिङ तथा रोबोटिक्स, जीव विज्ञान, रसायन तथा पर्यावरण विज्ञान, भौतिक विज्ञान र गणित र कम्प्युटर विज्ञानमध्यको (आर्टिफिसियल इन्टेलीजेन्स समेत) कुनै एक विधामा आफ्नो प्रस्तुती दिएका थिए ।

सम्मेलनका शीर्ष विजेताहरू सन् २०२३ सेप्टेम्बर २७ देखि अक्टोबर १ सम्म मेक्सिकोको सोनोरामा आयोजना हुने १२औं एसिया प्यासिफिक युवा वैज्ञानिक सम्मेलनमा सहभागी हुने आयोजकले जनाएको छ ।

टेक्सास कलेजले कक्षा ११ र १२ तहमा विज्ञान, मानविकी, व्यवस्थापन र कानून संकाय सञ्चालन गरेको छ भने स्नातक तहमा बिबिए, बिआइटी, बिसिएस, बिएचएम, एमबिए, हस्पिटालीटी र एमसिएस विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । विशेष गरी व्यवहारिक शिक्षामा जोड दिँदै आएको टेक्सास विगतमा पनि विभिन्न क्षेत्रबाट सम्मानित भएको छ ।

Share News