उपभोक्ताको घरमा अब नपड्कने सिलिण्डर, विश्वमै सुरक्षित मानिएको ‘कम्पोजिट सिलिन्डर’ प्रयोगमा ल्याउने तयारी

<p>काठमाडौं ३, कात्तिक । उपभोक्ताको भान्सामा प्रयोग हुने फलामे सिलिन्डरको विकल्पमा नेपाल आयल निगमले कम्पोजिट सिलिन्डर प्रयोगमा ल्याउने तयारी गरेको छ। फमाले सिलिन्डर पटकपटक पड्किएर उपभोक्ताको ज्यान गएपछि विश्वमै सुरक्षित मानिएको ‘कम्पोजिट सिलिन्डर’ प्रयोगमा ल्याउन लागेको निगमले जनाएको छ। आगो लागे पनि नपड्किने कम्पोजिट सिलिन्डरलाई उपभोक्ताको छनोट अनुसार उद्योगमार्फत वितरण गर्ने निगमका प्रबन्ध निर्देशक गोपाल [&hellip;]</p>

काठमाडौं ३, कात्तिक । उपभोक्ताको भान्सामा प्रयोग हुने फलामे सिलिन्डरको विकल्पमा नेपाल आयल निगमले कम्पोजिट सिलिन्डर प्रयोगमा ल्याउने तयारी गरेको छ।

फमाले सिलिन्डर पटकपटक पड्किएर उपभोक्ताको ज्यान गएपछि विश्वमै सुरक्षित मानिएको ‘कम्पोजिट सिलिन्डर’ प्रयोगमा ल्याउन लागेको निगमले जनाएको छ।

आगो लागे पनि नपड्किने कम्पोजिट सिलिन्डरलाई उपभोक्ताको छनोट अनुसार उद्योगमार्फत वितरण गर्ने निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले बताए ।composit-1

‘विभिन्न कारणले ग्यास सिलिन्डर बिस्फोट भएर नागरिकको ज्यान गयो,’ खड्काले भने, ‘उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर कम्पोजिट सिलिन्डर ल्याउन लागेका हौं ।’

प्लास्टिक र फाइबर प्रयोग गरेर कम्पोजिट सिलिन्डर बनाइने भएकाले यसमा आगो लाग्दा नपड्किने र दुर्घटना भए पनि मानवीय क्षति नहुने निगमको दाबी छ ।

यो सिलिन्डर अहिले प्रयोग भएको फलामको सिलिन्डरभन्दा हलुका हुन्छ । सिलिन्डरको कुल तौल २२ किलोको हुने खड्काले बताए । ‘१४।२ किलो ग्याससहित सिलिन्डर २२ किलोमात्र भएकोले हलुका हुन्छ,’ खड्काले भने, ‘नयाँ सिलिन्डर प्रयोगमा ल्याएर क्रमशः पुराना बिस्थापित गर्दै जाने योजना छ । समाचार स्रोत नागरिक दैनिक

Share News