अष्ट्रेलियामा स्नातक गरेका विद्यार्थीले थप २ वर्षकाे पाेस्ट-स्टडी भिसा पाउने

<p>काठमाडाै । अष्ट्रेलियामा स्नातक तह उत्तिर्ण गरेका विद्यार्थीले २ वर्षकाे पाेस्ट-स्टडी भिसा पाउने भएका छन् । आगामी जुलाइ १ गतेदेखि स्नातक तह उत्तिर्ण गरेका अन्तर्राष्ट्रिय विद्यार्थीलाइ थप दुई वर्षको पोस्ट-अध्ययन कार्य अधिकार प्रदान गर्ने अष्ट्रेलिया सरकारले जनाएकाे छ । साथै ती अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि स्वीकार्य कार्य घण्टाको सीमा प्रति पन्ध्र दिनमा ४० घण्टाबाट ४८ घण्टामा [&hellip;]</p>

काठमाडाै । अष्ट्रेलियामा स्नातक तह उत्तिर्ण गरेका विद्यार्थीले २ वर्षकाे पाेस्ट-स्टडी भिसा पाउने भएका छन् । आगामी जुलाइ १ गतेदेखि स्नातक तह उत्तिर्ण गरेका अन्तर्राष्ट्रिय विद्यार्थीलाइ थप दुई वर्षको पोस्ट-अध्ययन कार्य अधिकार प्रदान गर्ने अष्ट्रेलिया सरकारले जनाएकाे छ । साथै ती अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि स्वीकार्य कार्य घण्टाको सीमा प्रति पन्ध्र दिनमा ४० घण्टाबाट ४८ घण्टामा बढाइने जनाइएकाे छ ।

नयाँ व्यवस्थाले अन्तर्राष्ट्रिय उच्च शिक्षा स्नातकहरूलाई उनीहरूको लागि थप दुई वर्ष दिने अष्ट्रेलियन सरकारले जनाएकाे छ । याे सुविधाकाे विस्तार क्षेत्रीय क्षेत्रमा अध्ययन गर्ने, बस्ने र काम गर्ने योग्य विद्यार्थीहरूको लागि विद्यमानमा उनीहरुले पाएकाे अतिरिक्त एक देखि दुई वर्षको काम गर्न पाउने अधिकारमा पनि थप भएकाे सरकारले अष्ट्रेलिया सरकारकाे शिक्षा विभागले जनाएकाे छ ।

Share News