रिडी पावरको अध्यक्ष बने सन्जिव न्यौपाने

<p>काठमाडौं । रिडी पावरको अध्यक्षमा सन्जीव न्यौपाने नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले अध्यक्षमा न्यौपानेलाई नियुक्त गरेको हो । यसअघि अध्यक्ष रहेका गुरुप्रसाद न्यौपानेले राजिनामा दिएपछि रिक्त पदमा उनलाई नियुक्त गरिएको हो । सञ्जीव गुरू प्रसादका छाेरा हुन् । उनी लामाे समयदेखि जलविद्युत क्षेत्रकाे विकासमा सक्रिय छन् । उनले अपी पावरमा कार्यकारी [&hellip;]</p>

काठमाडौं । रिडी पावरको अध्यक्षमा सन्जीव न्यौपाने नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले अध्यक्षमा न्यौपानेलाई नियुक्त गरेको हो ।

यसअघि अध्यक्ष रहेका गुरुप्रसाद न्यौपानेले राजिनामा दिएपछि रिक्त पदमा उनलाई नियुक्त गरिएको हो ।

सञ्जीव गुरू प्रसादका छाेरा हुन् । उनी लामाे समयदेखि जलविद्युत क्षेत्रकाे विकासमा सक्रिय छन् । उनले अपी पावरमा कार्यकारी निर्देशक तथा जनता बैंककाे सञ्चालककाे जिम्मेवारी सम्हालिसकेका छन् ।

यस्तै, कम्पनीले स्वतन्त्र संचालकमा दिव्य कोइरालालाई नियुक्त गरेको हो ।

Share News