
काठमाडौं । नेपालीहरुले विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न जाँदा विद्यार्थीले सम्बन्धित विश्वविद्यालय वा कलेजले तोकेको शुल्क बुझाउनुपर्ने हुन्छ । सटही सुविधा भएपनि अन्य मुलुकहरुमा नेपाली पैसा चल्दैन । त्यसैले विश्वविद्यालय वा कलेजलाई शुल्क भुक्तानी गर्नको लागि विद्यार्थीले सामान्यतया नेपाली रुपैयाँलाई अमेरिकी डलर वा सम्बन्धित देशमा चल्ने मुद्रामा सटही गर्नुपर्ने हुन्छ ।
विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाँदा शिक्षा अध्ययन गर्न जाँदा विद्यार्थीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुमति लिनुपर्ने हुन्छ । अन्यथा विद्यार्थीले विदेशी विश्वविद्यालय वा कलेजलाई आवश्यक पर्ने शुल्क पठाउन सक्दैनन् । छात्रवृत्ति सम्बन्धी नियमावली, २०६० अनुसार नो अब्जेक्सन लेटर प्राप्त गरेको व्यक्तिले मात्रै मुद्रा सटही सुविधा लिन सक्नेछ ।
नो अब्जेक्सन लेटरका लागि कसरी आवेदन गर्ने ?
विदेश पढ्न जान चाहने विद्यार्थीहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट नो स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) लिनको लागि मन्त्रालयले डिजिटल रुपमा नै आवेदन गर्न सक्ने व्यवस्था मिलाएको छ । त्यसको लागि विद्यार्थीहरुले जततउकस्ररलयअ।mयभकत।नयख।लउर मा गएर आवेदन गर्नुपर्ने हुन्छ ।
noc.moest.gov.np मा गएर आवेदन गर्दा पहिला मोबाइल नम्बर दर्ता गर्नुपर्छ । त्यसपछि मोबाइल नम्बरमा ओटीपी नम्बर प्राप्त हुन्छ । प्राप्त गरेको ओटीपी नम्बरलाई भर्ने । ओटीपी नम्बर भरिसकेपछि पासवर्ड सेट गर्नुपर्ने हुन्छ । पासवर्ड सेट गरिसकेपछि इमेल भेरिफिकेसन गर्नुपर्ने हुन्छ ।
इमेल भेरिफिकेसन गर्न आफ्नो इमेल भर्नुपर्ने हुन्छ । त्यसो गरिसकेपछि इमेलमा आएको टोकन नम्बरलाई फेरि ल्याएर भर्नुपर्ने हुन्छ । अनि त्यसपछि आफ्नो सम्पूर्ण विवरण भर्ने फारम आउँछ । सो फारममा आफ्नो नागरिकता र फोटो पनि अपलोड गर्नुपर्ने हुन्छ । सो प्रकृया पुरा भएपछि पासपोर्ट भर्ने र पासपोर्टको फोटो अपलोड गरी कन्फर्म गर्नुपर्ने हुन्छ ।
पासपोर्ट भरेर कन्फर्म गरिसकेपछि आफूले पढेको देश, अध्ययन गरेको तह, अब जाने देश, विश्वविद्यालय, विषय लगायतका विषयहरु भर्दै जानुपर्ने हुन्छ । त्यसपछि अन्तिममा स्वीकृतिलागि क्लिक गरिसकेपछि आवेदन सबमिटेड हुन्छ र तपाईंलाई एप्लिकेसन नम्बर प्राप्त हुन्छ ।
के–के कागजात सहित जाने पत्र लिन ?
एनओसी पत्र लिन जाँदा विद्यार्थीले मन्त्रालयले तोकेको कागजात लिएर जानुपर्ने हुन्छ । त्यसको लागि विद्यार्थीले आफूले भरेको अनलाइन एप्लिकेसन फर्म, सक्कल नागरिकता र शैक्षिक प्रमाणपत्र, पहिले एनओसी लिएको भए त्यसको र बैंकको सक्कल प्रति २ थान, पहिले विदेशी मुद्रा सटही गरेको एनओसीको सक्कल प्रति र बैंकले प्रदान गरेको रिफन्डेबल स्टेटमेन्ट र पहिले लिएको एनओसी हराएको भएमा प्रहरी रिपोर्ट र बैंकले प्रमाणित गरेको स्टेटमेन्ट लैजानुपर्छ ।
