हकप्रद शेयर निष्काशन गरेर मात्रै अक्वायरमा जान रिलायबल डेभलपमेन्ट बैंकलाई धितोपत्र बोर्डको निर्देशन

<p>काठमाडौं, २ कात्तिक । नेपाल धितोपत्र बोर्डले पूर्व घोषित हकप्रद सेयर निष्काशन गरेर मात्रै अक्वायर प्रक्रियामा जान रिलायबल डेभलपमेन्ट बैंकलाई निर्देशन दिएको छ । रिलायबल डेभलपमेन्ट बैंकले गत असार १७ गतेको १० औं बार्षिक साधारण सभाबाट एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । तर सो मात्रामा हकप्रद सेयर निष्काशन नै [&hellip;]</p>

sebonकाठमाडौं, २ कात्तिक । नेपाल धितोपत्र बोर्डले पूर्व घोषित हकप्रद सेयर निष्काशन गरेर मात्रै अक्वायर प्रक्रियामा जान रिलायबल डेभलपमेन्ट बैंकलाई निर्देशन दिएको छ । रिलायबल डेभलपमेन्ट बैंकले गत असार १७ गतेको १० औं बार्षिक साधारण सभाबाट एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो ।

तर सो मात्रामा हकप्रद सेयर निष्काशन नै नगरि ग्लोबल आइएमई बैंकसँग अक्वायर प्रक्रियामा जाने सम्झौतामा हस्ताक्षर गरेको थियो । पूर्व घोषित हकप्रद सेयर निष्काशन नगरि अक्वायर प्रक्रियामा जाँदा लगानी कर्तामाथी अन्याय हुने भन्दै बोर्डले हकप्रद सेयर निष्काशन गरेर मात्रै अक्वायरमा जान निर्देशन दिएको हो ।

‘प्राप्ती गर्ने निर्णय गर्नु अगावै उक्त संस्थाको साधारण सभावाट हकप्रद शेयर जारी गर्ने निर्णय गरिएको परिप्रेक्ष्यमा हकप्रद शेयर जारी गर्ने निर्णय मूल्य संवेदनशिल सूचना समेत भएकोले सोकोे कार्यान्वयन नगर्दा लगानीकर्ताहरुको हितमा प्रतिकुल असर पर्न सक्ने देखिएकोले उक्त साधारण सभाबाट सेयरधनीहरुलाई एक वरावर एक (१ः१) को अनुपातका दरले हकप्रद सेयर जारी गर्ने निर्णय कार्यान्वयन गरेर मात्र प्राप्ती गर्ने कार्य गर्न गराउन रिलायवल डेभलपमेण्ट बैंक लिमिटेडलाई निर्देशन दिईएको छ ।’ धितोपत्र बोर्डको निर्देशनमा भनिएको छ ।

Share News