कक्षा ५ सम्मको पाठ्यपुस्तक छाप्न सूचीकरण भए १३ वटा छापाखाना

<p>आगामी शैक्षिक सत्रमा १ देखि ५ कक्षासम्मका विद्यार्थीले पढ्ने पाठ्यपुस्तक छापेर बिक्रीवितरण गर्न इच्छुक संस्थाहरुलाई नवीकरण तथा सूचीकरणको लागि केन्द्रले माघको ७ गते सूचना आह्वान गरेको थियो । सोही अनुरुप ती संस्थाहरु सूचीकरण भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अब पाठ्यपुस्तक छाप्न इच्छुक सूचीकरण भएका मध्येका संस्थाले फागुन १० गतेभित्र धरौटी जम्मा गर्नुपर्ने हुन्छ [&hellip;]</p>

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रमा १ देखि ५ कक्षा सम्मका विद्यार्थीले पढ्ने किताब छपाई गर्नका लागि १३ वटा छापाखानालाई सूचीकरण गरेको छ । पाठयक्रम विकास केन्द्रका अनुसार १ देखि ५ कक्षासम्मका विद्यार्थीले पढ्ने ४ रङका पाठ्यपुस्तक छपाई गरी बिक्री वितरण गर्न ती छापाखाना सूचीकरण भएका हुन् ।

आगामी शैक्षिक सत्रमा १ देखि ५ कक्षासम्मका विद्यार्थीले पढ्ने पाठ्यपुस्तक छापेर बिक्रीवितरण गर्न इच्छुक संस्थाहरुलाई नवीकरण तथा सूचीकरणको लागि केन्द्रले माघको ७ गते सूचना आह्वान गरेको थियो । सोही अनुरुप ती संस्थाहरु सूचीकरण भएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार अब पाठ्यपुस्तक छाप्न इच्छुक सूचीकरण भएका मध्येका संस्थाले फागुन १० गतेभित्र धरौटी जम्मा गर्नुपर्ने हुन्छ । गत शैक्षिक सत्रमा केन्द्रले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक मात्रै निजी क्षेत्रलाई छाप्ने जिम्मेवारी दिएको थियो । आगामी शैक्षिक सत्रमा १ देखि ५ कक्षा सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न र बिक्री वितरण गर्न दिँदा समयमा नै विद्यार्थीको हातमा पुस्तक पुग्ने केन्द्रका सूचना अधिकारी डा. बाबुराम ढुंगानाले बताए ।

Share News