‘भारत र चीनसँगको त्रिपक्षीय अनौपचारिक भेट दुर्लभ संयोग’-प्रधानमन्त्री दाहाल

<p>काठमाडौँ, १ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘ब्रिक्स–बिमस्टेक विस्तारित सम्मेलन’ का क्रममा आफू र भारतका प्रधानमन्त्री तथा चिनियाँ राष्ट्रपतिबीचको अनौपचारिक भेटवार्ता नेपालका लागि दुर्लभ सुखद संयोग भएको बताएका छन् । भारतको गोवामा सम्पन्न सम्मेलनबाट स्वदेश फर्केपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उनले चिनियाँ राष्ट्रपति सि जिन पिङसँगको औपचारिक भेटवार्तापछि बास बसेको होटेल जानुपूर्व [&hellip;]</p>

काठमाडौँ, १ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘ब्रिक्स–बिमस्टेक विस्तारित सम्मेलन’ का क्रममा आफू र भारतका प्रधानमन्त्री तथा चिनियाँ राष्ट्रपतिबीचको अनौपचारिक भेटवार्ता नेपालका लागि दुर्लभ सुखद संयोग भएको बताएका छन् ।

भारतको गोवामा सम्पन्न सम्मेलनबाट स्वदेश फर्केपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उनले चिनियाँ राष्ट्रपति सि जिन पिङसँगको औपचारिक भेटवार्तापछि बास बसेको होटेल जानुपूर्व प्राविधिक कारणले प्रतीक्षा कक्षमा रहँदा चिनियाँ राष्ट्रपति सि आइपुगेकाेर त्यहाँ केहीबेर उहाँसँग अनौपचारिक, खुला र ‘वान् टु वान’ कुराकानी चलिरहँदा भारतीय प्रधानमन्त्री मोदी पनि आइपुगेकाे उनले बताए ।

प्रधानमन्त्री दाहालले भने, “त्यहाँ हाम्रो बसाइ पनि राष्ट्रपति सि उत्तर, भारतीय प्रधानमन्त्री दक्षिण र म बीचमा थियौ, मैले भूगोलका हिसाबले पनि नेपाल दुई ठूला मुलुकका बीचमा रहेको सानो मुलुक रहेको प्रसङ्ग निकाल्दै त्रिदेशीय साझेदारीबारे कुरा राख्ने मौका पाएँ । उहाँहरुले त्यसलाई महत्वपूर्ण र सकारात्मक रुपमा लिनुभयो ।” आफूले नेपालका बुद्ध, जानकी र पशुपतिजस्ता विषयले तीन देशलाई लामो समयदेखि र आधुनिक समयमा विज्ञान तथा प्रविधिले जोडेको उल्लेख गर्दै छिमेकी मुलुकसँगको आर्थिक विकासबाट नेपालले लाभ लिन चाहेको समेत बताउँदा उनीले सकारात्मक रुपमा लिएको प्रधानमन्त्रीले जानकारी दिए ।

“त्यस अवसरमा हाम्रा छिमेकी मित्र राष्ट्रका उच्च राजनीतिक नेतृत्वसँग त्रिदेशीय हितका पक्षमा मिलेर काम गर्ने सम्बन्धमा आफ्ना विचार राख्ने मौका पाएँ, उहाँहरुले पनि यसलाई सकारात्मक रुपमा लिनु सुखद पक्ष हो र यसलाई हामीले त्यही अर्थमा बुझ्नुपर्छ । यो कुनै पूर्वनिर्धारित कार्यक्रम भने थिएन तर त्यसबारे उत्पन्न विभिन्न टीकाटिप्पणीबाट म आश्चर्यमा परेको छु”– प्रधानमन्त्रीले बताए ।

 

Share News