
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रिय आयुर्वेद विद्यापिठ तथा शिक्षण अस्पतालको भवनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । दाङ तुलसीपुरको बेलझुण्डीस्थित आयुर्वेद शिक्षण अस्पतालको नव निर्मित भवनको उनले बुधबार एक समारोहबीच उद्घाटन गरेकी हुन् ।
०७० असारमा निर्माण शुरु भएको उक्त भवन ०७४ मा सम्पन्न भएको थियो । नेपाल सरकार र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा निर्माण भएको उक्त भवनको ३ तला र १ सय ८ वटा कोठाहरु रहेका छन् ।
नवनिर्मित उक्त भवनमा शिक्षण अस्पतालले आयुर्वेद विएएम्एस्को पठनपाठन सञ्चालन गर्ने गरेको छ । जसमा विभिन्न तहका २ सय १५ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।