काठमाडौं । नेपालले आईसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा नामिबियालाई पराजित गर्दै ऐतिहासिक जित निकालेको छ । मंगलबार त्रिभुवन क्रिकेट ग्राउण्डमा भएको खेलमा नेपालले नामेबियालाई २ विकेले पराजित गरेको हो ।
जितका लागि पाएको २८६ रनको लक्ष्य नेपालले १४ बल बाँकी छँदै भेट्टाएको छ । नेपालले पहिलो पटक नामेबियालाई हराउँदै ऐतिहासिक जित कायम गरेको हो । कुशल भुर्तेलले शतकीय पारी खेलेपछि आईसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा नेपालले नामिबियाविरुद्धको खेल जितेको हो ।
नेपाललाई जिताउन शतकीयो योगदान गरेका कुशल भुर्तेल ११५ रनमा आउट भए ।