अन्तर्राष्ट्रिय ब्राण्डमा पाँचतारेको निर्माण धमाधम, तीन वर्षभित्रमै आधा दर्जन विदेशी ब्राण्डको पाँचतारे होटल

<p>काठमाडौं १, कात्तिक । नेपालमा पर्यटकीय संभावनालाई दृष्टिगत गर्दै धामाधम विदेशी ब्राण्डमा पाँचतारे होटल निर्माण सुरु भएका छन् । अन्तर्राष्ट्रिय ब्राण्ड तथा चेनका नाममा निर्माण सुरु भएका यस्ता पाँचतारे होटलको निर्माण आगामी तीन देखि चार वर्ष भित्रमै आधा दर्जन पुग्ने होटल संघ नेपाल हानको अनुमान छ । नेपालमा होटल निर्माणको घोषणा गरेका र निर्माण प्रक्रिया [&hellip;]</p>

काठमाडौं १, कात्तिक । नेपालमा पर्यटकीय संभावनालाई दृष्टिगत गर्दै धामाधम विदेशी ब्राण्डमा पाँचतारे होटल निर्माण सुरु भएका छन् । अन्तर्राष्ट्रिय ब्राण्ड तथा चेनका नाममा निर्माण सुरु भएका यस्ता पाँचतारे होटलको निर्माण आगामी तीन देखि चार वर्ष भित्रमै आधा दर्जन पुग्ने होटल संघ नेपाल हानको अनुमान छ ।

नेपालमा होटल निर्माणको घोषणा गरेका र निर्माण प्रक्रिया नै सुरु गरिसकेका विभिन्न तारे होटलमध्ये चारतारे र पाँचतारेको पहिलो प्राथमिकता नै विदेशी ब्राण्ड भित्र्याउने रहेको छ ।

संचालनमा भइरहेको होटल अन्नर्पूणमा अन्तर्राष्ट्रिय ब्राण्ड तथा चेन होटल ग्रुप दुषित थानी भित्रिएको छ भने अमात्य ग्रुपले भारतको क्लाक्र्स समूहलाई पोखराको फूलवारी होटलमा भित्राइसकेको छ ।oriential_hotel

सोल्टी होटल सोल्टी क्राउन प्लाजाको ब्राण्डमा, ह्यात रिजेन्सिले ह्यात ब्राण्डमा र र्याडिसन होटल र्याडिसन ब्राण्डमा संचालन भइरहेको छ । निर्माणाधि पाँचतारे होटलले पनि विदेशी ब्राण्डलाई अगाडि सारिसकेका छन् ।

निर्माणाधिन होटलले अन्तर्राष्ट्रिय ब्राण्ड घोषणा गरेरै निर्माण थाल्नेमा शेष घलेको केशरमहलको काठमाडौं शेराटन, अजयेराज सुमार्गीको विशाल नगरको सुमाग्री होटलमा युरेपेली ब्राण्ड, पृथ्वीबहादुर पाँडेको ठमेलमा छायाँ सेन्टरमा अलफ्ट, ठमेलमै शशिकान्त अग्रवालको एमएस ग्रुप अन्तर्गतको चारतारे काठमाडौंस्तरको मेरिओट र सोही ग्रुपको नक्सालमा पाँचतारे होटल मेरिओटकै ब्राण्डमा निर्माण भइरहेको छ ।

नेपालमा देखिएको पर्यटकीय संभावना र लगानीको अवसरलाई दृष्टिगत गर्दै पाँचतारेमा विदेशी ब्राण्ड तथा चेन होटल भित्रिन थालेका हुन । विदेशी ब्राण्डले होटलको प्रचार गर्न र पर्यटक तान्न सहज हुने भएकोले नयाँको ध्यान नयाँ ब्राण्ड तथा चेनमा केन्द्रित भएको होटल संघ नेपाल (हान)को भनाई छ । हानका अनुसार नयाँ होटलमा विदेशी ब्राण्ड भित्रनु नेपालमा विदेशी लगानीका लागि सकारात्मक सन्देश प्रभाव हुनु पनि हो ।

अन्तर्राष्ट्रिय ब्राण्ड तथा चेन होटलको भित्रने क्रम नेपालमा पनि बढ्न थालेकोले नेपाली व्यवस्थापनका होटले पनि विदेशीब्राण्डलाई प्राथमिकता दिएको होटल व्यवसायी बताउँछन् ।

नेपालमा यसअघि एभरेष्ट होटलको सुवाआतमा भित्रिएको शेराटन ब्राण्ड पाँच वर्ष मात्रै टिकेको थियो भने सोल्टीमा आएको इन्टरकन्टिनेन्टल (आईएचजी) तथा ओवराय होटलले नेपालमा बजार मार्केट बनाउँन नसकेर फिर्ता गएको थियो । नयाँ सभावना बोकेर थप होटलका ब्राण्ड भित्रनु सकारात्मक भएको हिमालयन होटलका सीईओ प्रह्लादराज कुवँरले बताए ।

नेपालमा अन्तर्राष्ट्रिय ब्राण्ड भित्र्याउनेमा पहिलो सोल्टी नै हो । यसमा हाल क्राउन प्लाजा रहेको छ भने ओवराय, र होलिडे इनको ब्राण्ड पनि केही समय लिएको थियो । विश्वमै आईएचजी अर्थात इन्टरकन्टिेन्टल ग्रुपले स्टे बीज स्वीट्स, होलेडि इन र ओवरायलाई लिन सक्ने ब्राण्ड हो ।

होटलको अन्तर्राष्ट्रिय ब्राण्ड हुनु भनेको आफूले बजारीकरण गर्र्नु नपर्ने र अन्तर्राष्ट्रिय मार्केट आफैं बन्ने भएकोले पनि यस्तो ब्राण्ड तथा चेन होटलप्रतिको उत्साह हुने गरेको कुवँरको बुझाई छ ।

अहिले नयाँ मार्केट बढाउन नसक्नु र दक्ष जनशक्तिका साथमा गुणस्तरीय सेवा पु¥याउँन नसकेको अवस्थामा भित्रने नयाँ ब्राण्डले पक्कै पनि राम्रो सन्देश प्रवाह गर्ने उनको बुझाई छ ।

नेपालमा आउने नयाँ चेन होटलले नयाँ मर्केट बढाउने र दक्ष जनशत्तिको प्रयोगका साथमा स्तरीय सेवालाई नै महत्व दिने गर्छ । नेपालमा भित्रिएका होटलले भएको प्राइस वारमै गएका कारण भएकाको पनि गुणस्तर खस्किएका छन् ।

गुणस्तरी सेवाका साथ हुने अन्तर्राष्ट्रिय चेनले रुची देखाउनुले नेपालको प्रचार अन्तर्राष्टिय बजार सम्म पु¥याउन सहज पनि हुन्छ । अहिलेको संस्कृति भनेको ब्राण्डेड कपडा लगाउने, खाना खाँदा पनि ब्राण्डेड हेर्ने तथा बस्ने काम हुन थालिसकेको छ ।

अन्तर्राष्ट्रिय ब्राण्डमा निर्माणधिन पाँचतारे होटल
होटल                                           कोठा संख्या               लगानी (रु.मा)                       अन्तर्राष्ट्रिय चेन/ब्राण्ड
काठमाडौं शेराटन                        २१८                         ८  अर्ब                                               शेराटन
सुमार्गी ग्रूप                                    २२०                        ५ अर्ब                                               युरेपेली
छायाँ सेन्टर                                  २२०                       ३ अर्ब                                                  अलफ्ट
एमएस ग्रूप                                   २३५                       साढे दुई अर्ब                                        मेरिओट
फूलवारी रिसोर्ट                            १६५                    थप लगानी   ५६ करोड                             क्लाक्र्स
एमएस ग्रूप                                १०८                       ७५ करोड                                                 फेयरफिल्ड मेरिओट

Share News