तालमाथि सौर्य उर्जा निर्माण गर्ने योजना सेलायो, एक वर्षअघि प्राधिकरणले अघि सारेको योजना कागजमै सीमित

<p>काठमाडौं ३०, असोज । नेपाल विद्युत प्राधिकरणले मुलुककै एकमात्र जलाशययुक्त कुलेखानी जलविद्युत आयोजनाको तालमाथि सौर्य उर्जा निर्माण गर्ने योजना सार्वजनिक गरेपनि कायान्वयनको भने सुरसार नदेखिएको समाचार सोमबारको कारोबार दैनिकमा छापिएको छ। उर्जा संकट न्यूनिकरणका लागि भन्दै एक वर्षअघि प्राधिकरणले अघि सारेको योजना कागजमै सीमित भएको हो । प्राधिकरण व्यवस्थापनाले विगतमा विश्व बैंकलाई पत्र लेखेरै आयोजना [&hellip;]</p>

काठमाडौं ३०, असोज । नेपाल विद्युत प्राधिकरणले मुलुककै एकमात्र जलाशययुक्त कुलेखानी जलविद्युत आयोजनाको तालमाथि सौर्य उर्जा निर्माण गर्ने योजना सार्वजनिक गरेपनि कायान्वयनको भने सुरसार नदेखिएको समाचार सोमबारको कारोबार दैनिकमा छापिएको छ।
nepal-bidhut-pradhikaran
उर्जा संकट न्यूनिकरणका लागि भन्दै एक वर्षअघि प्राधिकरणले अघि सारेको योजना कागजमै सीमित भएको हो ।

प्राधिकरण व्यवस्थापनाले विगतमा विश्व बैंकलाई पत्र लेखेरै आयोजना अघि बढाउने तयारी गरे पनि त्यसै सेलाएको छ ।

प्राधिकरणको ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईले कुलेखानी जलाशययुक्त आयोजनामाथि सोलार बनाउने योजना अघि बढ्न नसकेको स्वीकार गरे ।

Share News