काठमाडौं । लुम्बिनी इन्टरनेशनल एकेडेमीद्धारा उपचारको लागि डा.रञ्जितकारलाई सहयोग गरेको छ । लुम्बिनी इन्टरनेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीद्धारा क्यान्सर उपचारको लागि डा. मुरली गोपाल रञ्जितकारलाई दुई लाख ५५ हजार ५५५ रुपैया सहयोग गरेको हो ।
लुम्बिनी इन्टरनेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका भूतपूर्व विद्यार्थीहरुको संस्था, लियास्ट अल्मूनाई ललितपुरले कलेजका अध्ययनरत र उत्तीर्ण विद्यार्थीहरुबाट सङ्कलित रकम प्रथम चरण एक लाख ५५ हजार ५५५ रुपैयाँ र दोस्रो चरणमा एक लाख रुपैयाँ गरेर जम्मा दुई लाख ५५ हजार ५५५ रुपैयाँ कलेजका रिसर्च एण्ड डेभलपमेन्ट शाखा प्रमुख डा. मुरली गोपाल रञ्जितकारको क्यान्सर उपचारको लागि उपलब्ध गराएको छ ।
उक्त रकम डा. रञ्जितकारका छोरा श्री सगुन रञ्जितकारलाई क्याम्पसमा आयोजित एक कार्यक्रममा अल्मूनाईका अध्यक्ष पुष्प बहादुर कटुवाल र क्याम्पस प्रमुख डा. खेट्राज दहालले संयुक्त रुपमा हस्तान्तरण गरे ।
साथै उक्त कार्यक्रममा क्याम्पस र अल्मूनाइ बाट सञ्चालित विभिन्न कार्यक्रमहरुमा उल्लेख्य सहयोग गरे वापत ई. ज्ञानेन्द्र राजभण्डारीलाई सम्मान गरिएको थियो ।