काठमाडौं । द ब्रिटिस कलेजले इन्टर कलेज बास्केटबल टोर्नामेन्ट आयोजना गर्ने भएको छ । बास्केटबल टोर्नामेन्ट यही २६ फ्रेबअरीबाट सुरु हुनेछ ।
टिबीसी स्पोट्र्स क्लबद्वारा आयोजना हुने यस टोर्नामेन्टमा १६ कलेजका टिमहरुबीच प्रतिस्पर्धा हुनेछ । ब्रिटिस कलेजले दिएको जानकारी अनुसार विजेता टिमले ५० हजार नगद पुरस्कार पाउनेछ भने उपविजेताले २५ हजार नगद पुरस्कार पाउनेछन् ।
ब्रिटिस कलेजकैबास्केटबल कोर्टमा हुने खेल लिग–कम नकआउट फम्र्याटमा खेलाइनेछ ।उक्त प्रतिस्पर्धामा स्नातकमा अध्ययनरत विद्यार्थीहरुले मात्र सहभागीता जनाउन पाउनेछन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएका विद्यार्थीले भने खेल्न पाउने छैनन् । बास्केटबल टोर्नामेन्टमा सहभागी हुनका लागि १० हजार दर्ता शुल्क लाग्नेछ । त्यस्तै दर्ता गर्ने अन्तिम समय २२ फ्रेबअरी रहेको छ ।