विद्यालय शिक्षामा डिजिटलाइजेसन : कसरी पढ्ने मोबाइल ल्यापटपमा विद्यालयका कोर्ष ?

<p>काठमाडौं । केही समय अगाडि कक्षा कोठा र किताबमा मात्रै सिमित भएको विद्यालय शिक्षाले बिस्तारै फड्को मार्न थालेको छ । शिक्षा मन्त्रालय र मातहतका निकायहरुले नै पछिल्लो समयमा विद्यालय स्तरका शैक्षिक सामग्रीलाई डिजिटलाइजेसन गर्ने काम भइरहेको छ । देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पाठ्यपुस्तक लगायत गुणस्तरीय सिकाइ सामग्रीहरुको सहज पहुँच पुर्याउने उद्देश्यले मन्त्रालय र मातहतका [&hellip;]</p>

काठमाडौं । केही समय अगाडि कक्षा कोठा र किताबमा मात्रै सिमित भएको विद्यालय शिक्षाले बिस्तारै फड्को मार्न थालेको छ । शिक्षा मन्त्रालय र मातहतका निकायहरुले नै पछिल्लो समयमा विद्यालय स्तरका शैक्षिक सामग्रीलाई डिजिटलाइजेसन गर्ने काम भइरहेको छ ।

देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पाठ्यपुस्तक लगायत गुणस्तरीय सिकाइ सामग्रीहरुको सहज पहुँच पुर्याउने उद्देश्यले मन्त्रालय र मातहतका निकायहरुले डिजिटल सामग्रीहरुको उत्पादन, प्रसारण र वितरणको काम गरिरहेको शिक्षा मन्त्रालयले जनाएको छ । सूचना तथा प्रविधिमा पहुँच भएका विद्यार्थीहरुको सहजताका लागि विभिन्न डिजिटल प्लेटफर्मको विकास भएका छन् ।

पाठ्यक्रम विकास केन्द्रले डिजिटल पुस्तकालयको विकास गरेको छ । जसमा विद्यालय तहमा पढाई हुने सम्पूर्ण पाठ्यपुस्तकको ई–कपी राखिएको छ । विद्यार्थीहरुले पाठ्यक्रम विकास केन्द्रको वेबसाइटको मुख्य पेजमा गएर डिजिटल लाइब्रेरी मार्फत विभिन्न ९ वटा लाइब्रेरीहरुमा जान सकिन्छ । साथै केन्द्रको मुख्य पृष्ठमा नै राखिएको टेक्स्ट बुक मार्फत पनि कक्षा १ देखि कक्षा १२ सम्मका विभिन्न पुस्तकहरुको पिडिएफ प्रति डाउनलोड गरेर पढ्न सकिन्छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि ई–लाइब्रेरीको व्यवस्था गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइटको मुख्य पृष्ठमा राखिएको ई–लाइब्रेरीमा गएर विद्यार्थीहरुले विभिन्न पुस्तक तथा सन्दर्भ पुस्तक अध्ययन गर्न सक्छन् । त्यस्तै, सोही केन्द्रको वेबपेजको मुख्य पृष्ठमा राखिएको अनलाइन पोर्टलमा गएर विद्यार्थीहरुले कक्षा १ देखि १२ सम्मको पुस्तक अध्ययन गर्न सक्छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विकास गरेको ई–लाइब्रेरी र लर्निङ पोर्टलमा पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमार्फत पनि जान सकिन्छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विकास गरेको अनलाइन पोर्टल

शिक्षा तथा मानव स्रोत विकास केन्द्रकै वेबसाइटको अनलाइन कक्षामार्फत युट्युब च्यानलमा गएर पनि विद्यार्थीहरुले १ देखि कक्षा १० सम्मका अध्ययन को भिडियो सामग्री हेर्न सक्छन् । यी भिडियोहरु शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतबार देखि शुक्रबारसम्म एनटिभी प्लसमा बिहान ६ देखि ८ः३० सम्म र साँझ ४ः३० देखि ७ बजेसम्म हेर्न सकिन्छ ।

देशभरीका विद्यार्थीहरुलाई लक्षित गरेर नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणबाट मंगलबार साँझ ७ बजे शिक्षाको चौतारी कार्यक्रम प्रसारण हुने गरेको छ भने मंगलबार र शनिबार विभिन्न सूचनामुलक, सचेतनामुलक र लघुनाटकहरु प्रसारण गर्ने गरेको छ । जुन सामग्रीहरु विद्यालय तहका विद्यार्थीहरुको लागि सन्दर्भ सामग्री बन्न सक्छन् । शिक्षा मन्त्रालयले आइसिटी ल्याब प्रयोग गरिरहेका विद्यालयहरुले ई–लाइब्रेरीलाई प्रयोगमा ल्याउन पनि अनुरोध गरेको छ ।

शिक्षा मन्त्रालयले हालै एक सूचना जारी गरेर मन्त्रालय र मातहतका निकायहरुको पहलमा विकास गरिएका डिजिटल अध्ययन सामग्रीको विषयमा आम विद्यार्थी र अभिभावकहरुमा जानकारी दिन अनुरोध गरेको छ ।

[pdf id=386987]

Share News