काठमाडौं ३०, असोज । वार्षिक एक अर्ब नाफा कमाउने बैंकको संख्या एक वर्षमै दोब्बर भएको छ । आर्थिक वर्ष २०७१÷७२ मा नौ वटा बैंक अर्ब नाफा कमाउने सूचिमा परेकोमा गएको वर्ष यो संख्या बढेर दोब्बर भएको छ । नाफा गर्नेमा अधिकांश मर्जरपछि एक भएका बैंकले अर्ब भन्दा बढी नाफा कमाएका देखिएको छ ।
बैंकमा तरलता (लगानी योग्ग पूँजी) थुप्रियो लगानी हुन सकेन, लगानीका बाटो खुम्चिए भनेर बैंकले नै गुनासो गरिरहेको अवस्थामा अर्बभन्दा बढी नाफा कमाउने बैंक थपिदैँ गएका छन् ।

गएको वर्ष सरकारी स्वामित्वका तीन वटा र निजी क्षेत्रका दुई वटा बैंकले अर्बभन्दा बढी नाफा कामाएका थिए । अर्ब नाफा कमाउने बैंकको संख्या एक दर्जन पुगेको छ । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेड गएको वर्ष तीन अर्ब नाफा कमाएर सबैभन्दा बढी नाफा कमाउने बैंकको सूचीमा परेको छ ।
अर्बभन्दा बढी नाफा माउने बैंकमा राष्ट्रिय बाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट, नेपाल एसबीआई, सिद्धार्थ, एनएमबी, प्राइम कमर्सियल, एनआइएसी एसिया, नबील, कृषि विकास, हिमालयन, ग्लोवल आइएमई, स्याण्डर्ड चार्टड, नेपाल बंगलादेश, प्रभु, सिटिजन्स र सानिमा बैंक रहेका छन् । समाचार स्रोतः अन्नपूर्ण पोष्टबाट ।