
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले शिक्षकलाई मासिक रुपमा नै तलब दिने तयारी गरिरहेको बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले सो बताएका हुन् ।
राज्यको अन्य क्षेत्रमा काम गर्ने कर्मचारीले मासिक रुपमा पारिश्रमिक प्राप्त गर्ने तर शिक्षकले चार महिना नपाउने अवस्थाको अन्त्य गर्ने विषयम छलफल गरिरहेको उनले बताएका छन् । विद्यालय शिक्षा सिकाइको उपलब्धि कमजोर भएको भन्दै उनले अबको शिक्षा योजना परिमार्जन गरी कार्यान्वयनमा ल्याउनुपर्ने बताएका थिए । ‘एसईईमा राम्रो नतिजा ल्याउने विद्यालयलाई राम्रो मानिने प्रवृत्तिले गर्दा तल्ला कक्षालाई वास्ता नगरी एसईईलाई मात्र जोड दिँदा तल्ला कक्षाका विद्यार्थीको अवस्था नाजुक छ’, मन्त्री खनालले भने ।
प्राविधिक शिक्षा, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र पढ्दै कमाउँदै कार्यक्रमलाई आगामी दिनमा सञ्चालन गर्नेबारे शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग विश्लेषणात्मक प्रतिवेदन माग गरेको उनले बताएका छन् ।