भत्किएकै घरको भग्नवशेषमा जमरा, भग्नावषेह हटाउन नक्सदा दुई वर्षको दशैं भत्किएकै घरमा

<p>काठमाडौं २१, असोज । गत वैशाखको भुकम्पले भक्तपुर ७–गोल्मढीकी पुर्णलक्ष्मी मानन्धरको तीनतले घर भत्कायो । उनको ४ जनाको परिवार डेढ वर्षयता भक्तपुर ५–डेकोचास्थित अस्थायी शिविरमा बसिरहेका छन् । गोल्मढी गल्लीबाट भुकम्पले भत्काएको घरको भग्नावशेष समेत हटाउन नसकेका पूर्णलक्ष्मीको परिवारले बढादसैंको जमरा भने सोही भग्नवशेषमा राखेको छ । ‘दसैको मुख्य आकर्षण जमारा नै हो’ उनले भनिन्, [&hellip;]</p>

काठमाडौं २१, असोज । गत वैशाखको भुकम्पले भक्तपुर ७–गोल्मढीकी पुर्णलक्ष्मी मानन्धरको तीनतले घर भत्कायो । उनको ४ जनाको परिवार डेढ वर्षयता भक्तपुर ५–डेकोचास्थित अस्थायी शिविरमा बसिरहेका छन् ।

गोल्मढी गल्लीबाट भुकम्पले भत्काएको घरको भग्नावशेष समेत हटाउन नसकेका पूर्णलक्ष्मीको परिवारले बढादसैंको जमरा भने सोही भग्नवशेषमा राखेको छ ।jamara-21

‘दसैको मुख्य आकर्षण जमारा नै हो’ उनले भनिन्, ‘जमरालाई कुलदेवताका रुपमा लिइन्छ, कुलदेवतालाई मुलघरबाहेक अन्त राख्नु हुदैन भन्ने मान्यताअनुसार भत्किएकै घरमा जमारा राखेका छौं ।’

टीका लगाउने, भोज खानेसमेत भत्किएकै घरको एक छेउमा गर्ने तयारी गरेको उनले बताइन् । अघिल्लो वर्षको दसैं पनि उनले सोही भग्नावशेषमै मनाएकी थिइन् ।

गोल्मढीकी रविना मानन्धरको पनि अवस्था उस्तै छ । भूकम्पपछि विवाह गरी टहरामा भित्रिएकी रविनाले दसैंको जमरा भने भत्किएकै घरमा राखेको बताइन । कान्तिपुर दैनिकबाट ।

Share News