
काठमाडौं । शिक्षकहरुलाई मासिक रुपमा तलब दिने तयारीमा शिक्षा मन्त्रालय अगाडि बढेको छ । शिक्षामन्त्रीको जिम्मेवारीमा शिशिर खनाल आएसँगै उनले सो विषयलाई अगाडि बढाएका हुन् ।
शिक्षा मन्त्रालयमा भएको छलफलका कार्यक्रममा मन्त्री खनालले सो विषयलाई प्राथमिकतामा राखेको सचिवालयले जनाएको छ । मन्त्री खनालले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई शिक्षकहरुले मासिक रुपमा तलब नपाउने समस्याको कारणको विषयमा १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको मन्त्रालय स्रोतले बताएको छ ।
अहिलेसम्म शिक्षकहरुले आफ्नो तलब चौमासिक रुपमा बुझ्दै आएका छन् । शिक्षा मन्त्रीले तलब मासिक रुपमा उपलब्ध गराउनेगरी छलफल अगाडि बढाएपछि शिक्षकहरु उत्साहित भएका छन् ।