पोखरामा नाटक ‘धुमधामको घुमघाम’ मञ्चन हुँदै

<p>काठमाडाैं । &#8216;धुमधामको घुमघाम&#8217; नाटक पोखरामा मञ्चन हुने भएको छ । यो नाटक माघ २१ देखि २३ सम्म पोखरा थिएटरमा मञ्चन हुने भएको हो । आकांक्षा कार्की निर्देशित याे नाटक कणकमणी दीक्षितद्वारा लिखित पुस्तक &#8216;एडभेन्चर्स अफ अ नेपाली फ्रग&#8217;को नाट्य रुपान्तरण हाे । किताबमा आधारित यस नाटकले नेपाल भ्रमणमा निस्किएको एक भ्यागुतो भक्तेको यात्रालाई देखाउँछ । त्यही यात्राले प्रकृतिसँगको सम्बन्ध, आधुनिकतासँगै देशको [&hellip;]</p>

काठमाडाैं । ‘धुमधामको घुमघाम’ नाटक पोखरामा मञ्चन हुने भएको छ । यो नाटक माघ २१ देखि २३ सम्म पोखरा थिएटरमा मञ्चन हुने भएको हो ।

आकांक्षा कार्की निर्देशित याे नाटक कणकमणी दीक्षितद्वारा लिखित पुस्तक ‘एडभेन्चर्स अफ अ नेपाली फ्रग’को नाट्य रुपान्तरण हाे ।

किताबमा आधारित यस नाटकले नेपाल भ्रमणमा निस्किएको एक भ्यागुतो भक्तेको यात्रालाई देखाउँछ । त्यही यात्राले प्रकृतिसँगको सम्बन्ध, आधुनिकतासँगै देशको भौगोलिक स्वरुप, विविधतालाई नाटकमा प्रस्तुत गर्छ ।

आयुष निरौलाद्वारा नाट्य रुपान्तरित यस नाटक गण्डकी प्रदेश, विद्यालय स्तरीय तेस्रो नाटक महोत्सव-२०७९ मा देखाइनेछ ।

 

Share News