म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पस मिलेर सर्ट फिल्म प्रतिस्पर्धा गर्ने, विजेतालाई २ लाख

<p>काठमाडौं । म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा सर्ट फिल्म कम्पिटिसन हुने भएको छ। बिहीबार नेपाल फिल्म क्याम्पसमा आयोजित कार्यक्रममा फिल्म निर्माण रुचि भएर पनि प्लेटफर्मको खोजीमा रहेका फिल्मकर्मीलाई लक्षित गरी प्रतिस्पर्धा गर्न लागिएको जानकारी गराइएको थियो। बिहीबारदेखि नै सहभागिताका खुल्ला गरिएको प्रतिस्पर्धामा फिल्म निर्माणमा रुचि भएका जोकोहीले पनि भाग लिन सक्ने कार्यक्रममा [&hellip;]</p>

काठमाडौं । म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा सर्ट फिल्म कम्पिटिसन हुने भएको छ। बिहीबार नेपाल फिल्म क्याम्पसमा आयोजित कार्यक्रममा फिल्म निर्माण रुचि भएर पनि प्लेटफर्मको खोजीमा रहेका फिल्मकर्मीलाई लक्षित गरी प्रतिस्पर्धा गर्न लागिएको जानकारी गराइएको थियो।

बिहीबारदेखि नै सहभागिताका खुल्ला गरिएको प्रतिस्पर्धामा फिल्म निर्माणमा रुचि भएका जोकोहीले पनि भाग लिन सक्ने कार्यक्रममा जानकारी गराइएको थियो।

कार्यक्रममा बोल्दै नेपाल फिल्म क्याम्पसका प्रमुख शिशिर उप्रेतीले अवसरको खोजीमा रहेका फिल्मकर्मीका सर्ट फिल्म कम्पिटिसन गतिलो प्लेटफर्म बन्न सक्ने विश्वास व्यक्त गरे।

सांगीतिक क्षेत्रमा एकनासले राज गर्दै आएको म्युजिक नेपालले संगीतसँगै नेपाली सिनेमाका लागि पनि केही गरौँ भन्ने अभिप्रायले प्रतिस्पर्धाको आयोजनामा हातेमालो गर्न लागेको जानकारी गराए। म्युजिक नेपालको प्रतिनिधिको रुपमा बोल्दै राजीव लोहनीले भने, ‘म्युजिक नेपालले नेपालको संगीत क्षेत्रमा गरेको योगदान सर्व विदित नै छ। हामी दायरा फराकिलो पार्दै फिल्मकर्मीसँग काम गर्न इच्छुक छौँ । यो एउटा सुरुवात हो ।’

प्रतिस्पर्धामा सहभागी हुन चाहने फिल्मकर्मीले फागुन ३० सम्म कथासार बुझाउनु पर्नेछ भने चैत १७ भित्र स्क्रिप्ट बुझाउनु पर्नेछ । यसरी आएका स्क्रिप्टलाई निर्णायकद्धारा ३ दिन प्रशिक्षण दिइनेछ र यो पश्चात् पुनर्लेखन गरी आएका स्क्रिप्टमध्येबाट १० स्क्रिप्ट छानेर निर्माण सहायता प्रदान गरिनेछ। छानिका १० फिल्मले निर्माणका लागि ७५ हजार नगद प्राप्त गर्नेछन् ।

यो प्रक्रियापछि निर्माण भएर आएका फिल्ममध्ये पहिलो बन्नेले २ लाख नगद प्राप्त गर्नेछ भने बाँकी अन्यले विधागत रुपमा नगद पुरस्कार पाउनेछन् । आयोजकका अनुसार स्क्रिप्ट तथा निर्देशनमा उत्कृष्ट हुनेले ५० हजार प्राप्त गर्नेछ भने अभिनय, छायांकन, सम्पादन र ध्वनिमा उत्कृष्ट काम देखाउनेले पनि समान ५० हजार नगद प्राप्त गर्नेछन् ।

Share News