अब नेपालको आफ्नै स्याटेलाइट, अघि बढ्यो प्रक्रिया

<p>काठमाडौं, २० असोज । नेपालले आफ्नै स्याटेलाईट सञ्चालनको प्रक्रिया अघि बढाएको छ । आफ्नै स्याटेलाइट सञ्चालन गर्ने सरकारी नीति अनुसार नेपाल दुर सञ्चार प्राधिकरणले आयस पत्रका लागि सूचना प्रकाशित गरेको हो । प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार आसय पत्र बुझाउने कम्पनीहरुमध्येबाट छनौट गरेर विस्तृत परियोजना माग गरिनेछ ।‘नेपालले आफ्नै स्याटेलाइट सञ्चालन गर्ने पुर्व निर्णय कार्यान्वयनको [&hellip;]</p>

sateliteकाठमाडौं, २० असोज । नेपालले आफ्नै स्याटेलाईट सञ्चालनको प्रक्रिया अघि बढाएको छ । आफ्नै स्याटेलाइट सञ्चालन गर्ने सरकारी नीति अनुसार नेपाल दुर सञ्चार प्राधिकरणले आयस पत्रका लागि सूचना प्रकाशित गरेको हो ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार आसय पत्र बुझाउने कम्पनीहरुमध्येबाट छनौट गरेर विस्तृत परियोजना माग गरिनेछ ।‘नेपालले आफ्नै स्याटेलाइट सञ्चालन गर्ने पुर्व निर्णय कार्यान्वयनको पहिलो चरण सुरु भएको छ, आसय पत्र बुझाउने फर्म तथा कम्पनीमध्येबाट छनौटमा परेका कम्पनीलाई बिजनेश मोडालिटी र टेक्निकल प्रस्तावसहित आउन पुनः सूचना निकाल्छौं’, अर्यालले भने ।

उनका अनुसार स्याटेलाईट सञ्चालन गरेको अनुभव नेपाली कम्पनीसँग नरहेकाले विदेशी कम्पनीहरुले आवेदन दिनेछन् । हालसम्म नेपालले भारत, लगायतका मुलुकका स्याटेलाईट उपयोग गर्दै आएको छ । त्यस वापत नेपालले बर्षेनी अरबौं रुपैंयाँ बुझाउँदै आएको छ ।

नेपालको आफ्नै स्याटेलाईट सञ्चालनमा आएपछि अन्तरिक्षमा नेपालको आफ्नै स्पेश हुनेछ ।

Share News