काठमाडौं २०, असोज । सरकारले विदेशी कम्पनीलाई धितोपत्र बजारमा लगानी गर्न दिने गरी कानुन ल्याउने तयारी थालेको छ । वैदेशिक लगानी आकर्षित गर्न सरकारले पहिलोपटक धितोपत्र बजारमा विदेशीलाई लगानी गर्न दिने कानुन अगाडि बढाएको हो ।

विदेशी लगानीसम्वन्धि कानुनको संसोधन र एकीकरण गर्न बनेको विधेयकमा संस्थागत विदेशी लगानीर्तालाई धितोपत्र क्षेत्र खुला गर्ने व्यवस्था राखिएको छ ।
उद्योग मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामाथि सरोकारवालसँग छलफलको चरणमा रहेको छ । छलफल सकिएपछि यसालाई मन्त्रीपरिषद्बाटै स्वीकृत गराउनुपर्छ ।
विदेशी लगानीकर्ताले कम्पनी स्थापना गरी पूँजी लगानी कोष खडा गर्न सक्ने व्यवस्था विधेयकमा रहेको छ । यस्तो कम्पनी पब्लिक लिमिटेड हुनुपर्ने व्यवस्था छ ।
तर, यस्तो कोष एउटै कम्पनीमा चुक्ता पूँजीको १० प्रतिशतभन्दा बढी लगानी गर्न नपाइने व्यवस्था गरिएको समाचार विहिबारको कान्तिपुर दैनिकमा छापिएको छ ।