दशैं तिहारमा नौबिसे–मुग्लिन सडकमा नियमित बजार अनुगमन

<p>काठमाडौं, १९ असोज । खाद्य प्रबिधी तथा गुण नियन्त्रण विभागले दशैं तिहार तथा छठ लगायतका पर्वहरुको अवसरमा नौबिसे–मुग्लिन सडकमा नियमित बजार अनुगमन गर्ने भएको छ । विभागको टोलीले सो सडक खण्डका होटल, रेष्टुरेन्टको मोबाइल निरिक्षण ल्याब मार्फत अनुगमन गर्नेछ । विभागले चाडपर्व बिशेष अनुगमनका लागि विशेष अनुगमन गर्न ५ वटा टोली बनाएर काम गरिरहेको छ [&hellip;]</p>

Bazaar-aanugamanकाठमाडौं, १९ असोज । खाद्य प्रबिधी तथा गुण नियन्त्रण विभागले दशैं तिहार तथा छठ लगायतका पर्वहरुको अवसरमा नौबिसे–मुग्लिन सडकमा नियमित बजार अनुगमन गर्ने भएको छ ।

विभागको टोलीले सो सडक खण्डका होटल, रेष्टुरेन्टको मोबाइल निरिक्षण ल्याब मार्फत अनुगमन गर्नेछ । विभागले चाडपर्व बिशेष अनुगमनका लागि विशेष अनुगमन गर्न ५ वटा टोली बनाएर काम गरिरहेको छ ।

टोलीमा जिल्ला प्रशासन कार्यालय, उपभोक्तावादी संघसंस्थाहरूको पनि सहभागीता रहेको छ । यसैबिच विभाग नेतृत्वको अनुगमन टोलीले काठमाडौँको कुलेश्वरस्थित अनमोल मसला पसलमा सिलबन्दी तथा उद्योगको उत्पादन बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।

पूज स्वीट्स एण्ड चाट हाउस खिचापोखरी झोछेँको मिठाइ बनाउने कारखानामा पनि शिलबन्दी गरेको छ ।

Share News