काठमाडौं, १९ असोज । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले सेयरधनीलाई ५० प्रतिशत बोनस दिने भएको छ । साथै, कर लाभांशको लागि कम्पनीले २ दशमलब ६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
उक्त निर्णय मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्नेछ ।
हाल बैंकको चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी ३० करोड रुपैयाँ पुग्ने छ । बुधबार बैंकको प्रतिकित्ता सेयर करिब २९०० रुपैयाँमा किनबेच भइरेहेको छ ।