दशैंमा पैसा पठाउनेलाई नगददेखि घरसम्मको योजना, विदेशबाट पैसा पठाउने ग्राहक तान्दै रेमिट्यान्स कम्पनी

<p>काठमाडौं १९, असोज । चाडपर्वलाई लक्षित गर्दै रेमिटेन्स प्रदायक कम्पनीहरुले उपहार योजना सर्वजनिक गरेका छन्। दशैंतिहार र छठ पर्वको अवसर पारेर सेवा प्रदायक कम्पनीले काठमाडौंमा घरघडेरीदेखि मोटरसाइलक, स्कुटर, घरायसी, स्मार्ट फोन लगायतका उपहार ल्याएको समाचार बुधबारको अन्नपूर्ण पोष्टमा छापिएको छ। सेवाप्रदायक कम्पनीले ग्राहक आकषिर्त गर्न उपहारदेखि भ्रमणसमेतका योजना सार्वजनिक गरेका छन्। असोजको सुरुदेखि छठसम्म रेमिटेन्स [&hellip;]</p>

काठमाडौं १९, असोज । चाडपर्वलाई लक्षित गर्दै रेमिटेन्स प्रदायक कम्पनीहरुले उपहार योजना सर्वजनिक गरेका छन्।

दशैंतिहार र छठ पर्वको अवसर पारेर सेवा प्रदायक कम्पनीले काठमाडौंमा घरघडेरीदेखि मोटरसाइलक, स्कुटर, घरायसी, स्मार्ट फोन लगायतका उपहार ल्याएको समाचार बुधबारको अन्नपूर्ण पोष्टमा छापिएको छ।remitance

सेवाप्रदायक कम्पनीले ग्राहक आकषिर्त गर्न उपहारदेखि भ्रमणसमेतका योजना सार्वजनिक गरेका छन्। असोजको सुरुदेखि छठसम्म रेमिटेन्स पठाउनलेले यो उपहार पाउनेछन् ।

अन्य समयभन्दा चाढपर्वमा रेमिटेन्स धेरै भित्रिने भएकाले दशैंलाई लक्षित गरी प्रायः सबै रेमिटेन्स कम्पनीले उपहार योजना ल्याउने गरेका हुन् ।

वैधानिक माध्यमबाट नेपालमा रेमिटेन्स भित्र्याउन ग्राहकलाई प्रोत्साहन गर्ने उदेश्यलेघडेरी उपहार घोषणा गरिएको सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रमुख प्रशासन अधिकृत कृष्णराज पौडेलले बताए ।

Share News