फुटसल प्रतियोगिता आयोजना गर्दै डिएभी कलेज

<p>काठमाडौं । डिएभी कलेजले धनराशि सहित फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । ललितपुरको जावलाखेलमा अवस्थित डिएभी कलेजले अन्तर कलेज चौथो फुटसल प्रतियोगिता भव्य रूपमा आयोजना गर्ने भएको हो । कलेजका एकेडेमिक डाइरेक्टर सुमन बस्नेतका अनुसार गत वर्षको पुरस्कार राशिमा वृद्घि गरी विजेता टिमलाई ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिमलाई २ [&hellip;]</p>

काठमाडौं । डिएभी कलेजले धनराशि सहित फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । ललितपुरको जावलाखेलमा अवस्थित डिएभी कलेजले अन्तर कलेज चौथो फुटसल प्रतियोगिता भव्य रूपमा आयोजना गर्ने भएको हो ।

कलेजका एकेडेमिक डाइरेक्टर सुमन बस्नेतका अनुसार गत वर्षको पुरस्कार राशिमा वृद्घि गरी विजेता टिमलाई ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिमलाई २ लाख नगद, ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडी, गोलरक्षक र उच्च गोलकर्तालाई पनि व्यक्तिगत ट्रफी र नगद पुरस्कारले पुरस्कृत गरिने उल्लेख गरेको छ ।

माघ २० गतेदेखि २२ गतेसम्म ऐतिहासिक रूपमा सञ्चालन हुने सो प्रतियोगितामा पहिला दर्ता हुन आउने ३२ टिमलाई मात्र सहभागी गराइने कलेजले जानकारी गराएको छ ।

Share News