सेयर बजार निरन्तर बढ्दै, परिसूचक १८०० नजिक, शिखरको २० करोडको कारोबार

<p>काठमाडौं, १८ असोज । यो साता सेयर बजार शुरु भएको दिनदेखि निरन्तर बढ्दै गएको छ । मंगलबार नेप्से परिसूचक १८ दशमलब १० अंकले बढेर १७९८ अंकमा पुगेको छ । सो दिन १२७ कम्पनीको १० लाख २७ हजार कित्ता सेयर १ अर्ब १२ करोड ८७ लाख रुपैयाँमा किनबेच भएको छ । सो दिन सबैभन्दा बढी शिखर [&hellip;]</p>

काठमाडौं, १८ असोज । यो साता सेयर बजार शुरु भएको दिनदेखि निरन्तर बढ्दै गएको छ । मंगलबार नेप्से परिसूचक १८ दशमलब १० अंकले बढेर १७९८ अंकमा पुगेको छ । सो दिन १२७ कम्पनीको १० लाख २७ हजार कित्ता सेयर १ अर्ब १२ करोड ८७ लाख रुपैयाँमा किनबेच भएको छ ।

nepse_tuesday

सो दिन सबैभन्दा बढी शिखर इन्स्योरेन्सको २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल बङ्गलादेश बैंकको १७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

मंगलबार ४ वटा कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । बैंक अफ काठमाडौं, कुमारी बैंक, प्रभु बैंक र ज्योति विकास बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले करिब ४ प्रतिशत गुमाएका छन् ।

सो दिन अन्य समूह र फाइनान्स समूह बाहेक बाकी समूह उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २३१ अंकले उकालो लागेको छ । हाइड्रोपावर र बैंकिङ् समूहको सूचक दोहोरो अंकले उकालो लागेका छन् ।

Share News