‘क्रिप्टोकरेन्सी एक प्रकारको ठग हो’ – आरबिआई गभर्नर दास

<p>एजेन्सी । रिजर्व बैंक अफ इन्डियाका (आरबीआई)का गभर्नर शक्तिकान्त दासले शुक्रबार क्रिप्टोकरेन्सी एक प्रकारको ठग भएको बताएका छन् । ‘क्रिप्टो जुवा बाहेक केहि होइन र यसको मूल्य केवल एक भ्रम हो’, गभर्नर दासले भने । शक्तिकान्त दासले एक मिडिया कार्यक्रमलाई सम्बोधन गर्दै क्रिप्टोमा प्रतिबन्ध लगाउन आह्वान गरेका छन्। उनले क्रिप्टोका समर्थकहरूले यसलाई सम्पत्ति र वित्तीय [&hellip;]</p>

एजेन्सी । रिजर्व बैंक अफ इन्डियाका (आरबीआई)का गभर्नर शक्तिकान्त दासले शुक्रबार क्रिप्टोकरेन्सी एक प्रकारको ठग भएको बताएका छन् । ‘क्रिप्टो जुवा बाहेक केहि होइन र यसको मूल्य केवल एक भ्रम हो’, गभर्नर दासले भने ।

शक्तिकान्त दासले एक मिडिया कार्यक्रमलाई सम्बोधन गर्दै क्रिप्टोमा प्रतिबन्ध लगाउन आह्वान गरेका छन्। उनले क्रिप्टोका समर्थकहरूले यसलाई सम्पत्ति र वित्तीय उत्पादन भनेपनि तर यसमा कुनै अन्तर्निहित मूल्य नभएको बताएका छन् । क्रिप्टोकरन्सीको वृद्धिलाई रोक्नको लागि केन्द्रीय बैंकले भर्खरै यसको ईरुपी वा केन्द्रीय बैंक डिजिटल मुद्रा पायलट मोडमा सुरू गरेको उनले बताए ।

‘प्रत्येक सम्पत्ति र वित्तीय उत्पादनको केही अन्तरनिहित मूल्य हुनुपर्छ, तर क्रिप्टोको मामलामा कुनै अन्तर्निहित मूल्य हुँदैन’, गभर्नर दासले भने, ‘त्यसैले कुनै पनि अन्तर्निहित मूल्य बिना कुनै पनि कुरा, जसको मूल्य पूर्णतया विश्वासमा निर्भर छ, सय प्रतिशत अनुमान बाहेक केहि होइन, वा एकदमै स्पष्ट रूपमा भन्नुपर्दा, यो जुवा हो’, उनले भने ।

उनले देशले जुवालाई मुद्राको रुपमा अनुमति दिन नसक्ने बताउँदै जुवाको रुपमा अनुमति लिन चाहने हो भने पनि आवश्यक नीति निर्माणको आवश्यकता भएको बताए ।

Share News