
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि पूर्व तयारी गर्न देशभरका कलेजहरुलाई सूचनामार्फत निर्देशन गरेको छ ।
विश्वविद्यालय कार्यकारी परिषदको बैठकले आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको विश्वविद्यालयले सूचनामा उल्लेख गरेको छ ।
