कात्तिक १७ देखि भारतीय राष्ट्रपति प्रणब मुखर्जीले नेपाल भ्रमण गर्ने

<p>काठमाडौं, १७ असोज । भारतीय राष्ट्रपति प्रणब मुखर्जीले कात्तिक १७ देखि १९ गतेसम्म नेपालको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गर्न लागेका हुन् । गृहमन्त्री विमलेन्द्र निधिले भारत भ्रमणको अवसरमा राष्ट्रपति भण्डारीको निमन्त्रणा पत्र भारतीय राष्ट्रपति मुखर्जीलाई दिएका थिए । यसअघि नेपालका राष्ट्रपति भण्डारीको भारत भ्रमण गत [&hellip;]</p>

pranab_mukhargiकाठमाडौं, १७ असोज । भारतीय राष्ट्रपति प्रणब मुखर्जीले कात्तिक १७ देखि १९ गतेसम्म नेपालको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गर्न लागेका हुन् ।

गृहमन्त्री विमलेन्द्र निधिले भारत भ्रमणको अवसरमा राष्ट्रपति भण्डारीको निमन्त्रणा पत्र भारतीय राष्ट्रपति मुखर्जीलाई दिएका थिए । यसअघि नेपालका राष्ट्रपति भण्डारीको भारत भ्रमण गत वैशाखमा रद्द भएको थियो। ओली सरकारको भारतीय संस्थापनसँग सम्बन्ध चिसिँदै गएपछि राष्ट्रपतिको भारत भ्रमण रद्द हुन पुगेको थियो। त्यस लगत्तै ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले दुवै देशका राष्ट्रपतिको भ्रमण गराउन पहल गर्दै आएको छ। मुखर्जीको भ्रमणले नेपाल -भारतबिचको सम्बन्ध सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । काँग्रेस आईका पुर्व नेता तथा अर्थमन्त्री समेत रहेका मुखर्जी नेपाल मामिलाका जानकार मानिन्छन् ।

Share News