काठमाडौं, १७ असोज । वेष्ट्रन डेभलपमेन्ट बैंकले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सोही प्रयोजनको लागि बैंकले कात्तिक २ गते सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ ।
उक्त निर्णय आइतबार बसेको बैंकको २२१औँ बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई सेजनले पारित गरिसकेको छ ।
हाल बैंकको चुक्ता पूँजी १५ करोड ६९ लाख रुपैयाँ रहेको छ । सोमबार बैंकको प्रतिकित्ता सेयर करिब ५७६ रुपैयाँमा कारोबार भइरहेको छ ।