अरुण कावेलीलाई ३० करोडको आइपिओ जारी गर्ने अनुमति, दशैं लगत्तै लगानी गर्न पाइने

<p>काठमाडौं, १७ असोज । अरुण काबेली पावर लिमिटेडले ३० करोड मूल्य बराबरको आइपिओ जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले असोज १६ गते अरुण कावेलीलाई ३० करोड मूल्य बराबरको आइपिओ जारी गर्ने अनुमति दिएको हो । कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ । अरुण कावेलीका अध्यक्ष गुरु प्रसाद न्यौपानेले दशैं लगत्तै आइपिओ जारी [&hellip;]</p>

ipo-1काठमाडौं, १७ असोज । अरुण काबेली पावर लिमिटेडले ३० करोड मूल्य बराबरको आइपिओ जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले असोज १६ गते अरुण कावेलीलाई ३० करोड मूल्य बराबरको आइपिओ जारी गर्ने अनुमति दिएको हो । कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।

अरुण कावेलीका अध्यक्ष गुरु प्रसाद न्यौपानेले दशैं लगत्तै आइपिओ जारी गरिने विकासन्युजलाई जानकारी दिए ।
कम्पनीले पाँचथर र ताप्लेजुङको सिमामा २५ मेगावाटको बिद्युत आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीले केहि समय पहिले नै १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर प्रभावित क्षेत्रका बासिन्दालाई दिइसकेको छ । कुल १ अर्ब ५० करोड चुक्ता पुंजी रहेको कम्पनीमा संस्थापक शेयर १ अर्ब ५ करोड रुपैयाँ रहेको छ ।

Share News