नेप्से परिसूचक दोहोरो अंकले वृद्धि, ८८ करोडको सेयर किनबेच, बीमा २३७ अंकले उक्लियो

<p>काठमाडौं, १६ असोज । आइतबार सेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । परिसूचक १० दशमलब ४० अंकले बढेर १७६३ दशमलब ७८ अंकमा पुगेको छ । सो दिन १३५ कम्पनीको ८८ करोड ७० लाख रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार १३५ कम्पनीको १० लाख कित्ता सेयर कारोबार भएको हो । सो दिन [&hellip;]</p>

काठमाडौं, १६ असोज । आइतबार सेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । परिसूचक १० दशमलब ४० अंकले बढेर १७६३ दशमलब ७८ अंकमा पुगेको छ । सो दिन १३५ कम्पनीको ८८ करोड ७० लाख रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार १३५ कम्पनीको १० लाख कित्ता सेयर कारोबार भएको हो ।

nepse_sunday

सो दिन बीमा समूहको परिसूचक २३७ अंकले उकालो लागेको छ । त्यस्तै, अन्य समूह, बैंकिङ् र फाइनान्स समूहको क्रमशः ६, ५ र ०.०९ अंकले उकालो लागेको छ । हाइड्रोपावर, होटल र विकास बैंकको परिसूचक क्रमशः १३, ८ र ०.७७ अंकले ओरालो लागेको छ ।

आइतबार बैंक अफ काठमाडौं, ज्योति विकास बैंक र कुमारी बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । त्यस्तै कामना विकास बैंक र मुक्तिनाथ विकास बैंकका लागनीकर्ताले क्रमशस् ७ र ६ प्रतिशत कमाएका छन् । निर्धन उत्थान बैंकका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् ।

बजारमा शिखर इन्स्योरेन्स कम्पनीले ११ करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै सनराइज र नेपाल बङ्गलादेश बैंकको सेयर ९ करोड भन्दा बढी रुपैयाँ रुपैयाँमा कारोबार भएको छ ।

Share News