काठमाडौं, १६ असोज । वोमी माइक्रोफाइनान्स वित्तिय संस्थाले लगानी कर्तालाई २१ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको आम्दानीबाट २० प्रतिशत बोनस सेयर र एक दशमलब ११् प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्विकृति र संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि लगानी कर्ताले सो मात्रामा लाभांश प्राप्त गर्नेछन् । ३ करोड ६० लाख चुक्ता पुँजी रहेको वोमीले गत आर्थिक वर्षमा एक करोड ७७ लाख नाफा कमाएको थियो ।