फेसबुकबाटै विवाहको प्रलोभन दिइ लाखौ ठगी, विदेशी युवकद्वारा नेपाली युवती ठगिए

<p>काठमाडौं १५, असोज । फेसबुकमा चिनजान भएका विदेशी युवकसँग लाग्दा दर्जनौ नेपाली युवती ठगिएका छन्। एक अफ्रिकी युवकले विवाह गर्ने प्रलोभन देखाएर थुप्रै नेपाली युवती ठगी गरेको समाचार शनिबारको नयाँ पत्रिकामा छापिएको छ। फेसबुक पेजमा केन जोनसोन नाम गरेका युवकले ठगी गरेका हुन्। उनले विवाह गरेर युरोप लैजाने प्रलोभन देखाउँदै नेपाली युवतीसँग सम्बन्ध अघि बढाएका [&hellip;]</p>

काठमाडौं १५, असोज । फेसबुकमा चिनजान भएका विदेशी युवकसँग लाग्दा दर्जनौ नेपाली युवती ठगिएका छन्। एक अफ्रिकी युवकले विवाह गर्ने प्रलोभन देखाएर थुप्रै नेपाली युवती ठगी गरेको समाचार शनिबारको नयाँ पत्रिकामा छापिएको छ।

फेसबुक पेजमा केन जोनसोन नाम गरेका युवकले ठगी गरेका हुन्। उनले विवाह गरेर युरोप लैजाने प्रलोभन देखाउँदै नेपाली युवतीसँग सम्बन्ध अघि बढाएका थिए। facebook love

उनले सुरूमा नेपाली महिलालाई फेसबुकमा फ्रेन्ड रिक्वेष्ट पठाउने, बिस्तारै प्रेमको नाटक गर्ने, विवाहको प्रस्ताव गर्ने र उपहार पठाउने प्रलोभन दिने गरेको पाइएको छ।

उपहार पठाउने क्रममा भने त्यसवापतको कर शुल्क युवतीसँग मागेर उनले ठगी गर्दै आएका थिए।

Share News