हिमालयन बैंकको ६४ लाख कित्ता हकप्रद सेयर आउँदै, धितोपत्र बोर्डले दियो निष्काशन अनुमति

<p>काठमाडौं, १४ असोज । हिमालयन बैंकले हकप्रद सेयर निष्काशनको अनुमति पाएको छ । बैंकले ७ कित्ता बराबर एक कित्ताको अनुपातमा ६४ लाख २७ हजार ३ सय ५० कित्ता हकप्रद सेयर निष्काशनको अनुमति पाएको हो । नेपाल धितोपत्र बोर्डले असोज १२ गते हिमालयन बैंकलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो । बैंकले लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक [&hellip;]</p>

himalayanकाठमाडौं, १४ असोज । हिमालयन बैंकले हकप्रद सेयर निष्काशनको अनुमति पाएको छ । बैंकले ७ कित्ता बराबर एक कित्ताको अनुपातमा ६४ लाख २७ हजार ३ सय ५० कित्ता हकप्रद सेयर निष्काशनको अनुमति पाएको हो ।

नेपाल धितोपत्र बोर्डले असोज १२ गते हिमालयन बैंकलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो । बैंकले लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ । हिमालयन बैंकले गत आर्थिक बर्षको असार मसान्तसम्ममा एक अर्ब ९१ करोड नाफा कमाएको थियो ।

चार अर्ब ४९ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ३७ करोड रहेको छ । बैंकको प्रति सेयर आम्दानी ४२ रुपैंयाँ ५८ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १९७ रुपैंयाँ २५ पैसा रहेको छ ।

Share News