डा नन्दबहादुर सिंहद्वारा एमयू ग्र्याजुएट स्कुल अफ ल स्थापनार्थ जग्गा हस्तान्तरण सम्झौता पत्रमा हस्ताक्षर

<p>काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले पुस १३ गते ग्र्याजुएट स्कुलका लागि शैक्षिक तथा प्रशासनिक कृयाकलाप संचालन गर्ने उदेश्यका साथ तीन विधा जमिन प्राप्त गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयको मिटिङ्ग हलमा सम्पन्न उक्त हस्ताक्षर कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं ९ का वडाधक्ष्य ऋषि गिरी, नेपाल [&hellip;]</p>

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले पुस १३ गते ग्र्याजुएट स्कुलका लागि शैक्षिक तथा प्रशासनिक कृयाकलाप संचालन गर्ने उदेश्यका साथ तीन विधा जमिन प्राप्त गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयको मिटिङ्ग हलमा सम्पन्न उक्त हस्ताक्षर कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं ९ का वडाधक्ष्य ऋषि गिरी, नेपाल राष्ट्रिय आधारभूत विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पराक्रम सिंह ठकुरी र नौलो सुधार सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष किशन बहादुर शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता पत्र अनुसार वीरेन्द्रनगर नगरपालिका, सुर्खेतस नेपाल राष्ट्रिय आधारभूत विद्यालय, चाँदन चौकी, सुर्खेत र नौलो सुधार सामुदायिक बन उपभोक्ता समितिले सम्झौता मितिकै दिन देखि उक्त जग्गा र भौतिक संरचना मध्यपश्चिम विश्वविद्यालयलाई हस्तानान्तरण गर्ने सहमति भएको हो ।

कर्णाली प्रदेश सभाका सदस्यमा जानकी सिंह, मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा डा नारायण प्रसाद पौडेल, कर्णाली प्रदेश सरकारका पुर्व न्यायधिवक्ता विद्याभुषण मानन्धर, ग्र्याजुएट स्कुल अफ लका डाइरेक्टर उपेन्द्र बहादुर विक लगायत सम्बन्धित व्यक्तित्वहरुले साक्षी तथा उक्त स्थानमा ग्र्याजुएट स्कुल अफ ल स्थापनार्थ पूर्ण सहयोग गर्ने प्रतिवद्धता सहित सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । उक्त हस्ताक्षर कार्यक्रमको प्रतक्ष्य प्रसारण मध्यपश्चिम विश्वविद्यालयको आधिकारिक फेसबुक पेज मार्फत गरिएको थियो ।

Share News