आइडिया स्टुडियो नेपाल सिजन ६ को प्रसारण शुरु

<p>काठमाडौं । आइडियाले सन् २०१४ देखि सामाजिक सचेत व्यवसाय, उद्यमी र स्टार्टअपहरूका लागि प्रोत्साहन, स्रोतसाधन, ठाउँ, एक्सपोजर, सिकाइ, नेटवर्किङ र लगानीका अवसरहरू उपलब्ध गराउने काम गर्दै आएको छ । सोचदेखि उद्योगसम्मको नारासहित अघि बढेको ‘आइडिया स्टुडियो नेपाल सिजन ६’ को प्रसारण शुरु गरेको छ । स्पेस ४ के टेलिभिजनमार्फत प्रसारण शुरु गरेको उक्त शो यहि [&hellip;]</p>

काठमाडौं । आइडियाले सन् २०१४ देखि सामाजिक सचेत व्यवसाय, उद्यमी र स्टार्टअपहरूका लागि प्रोत्साहन, स्रोतसाधन, ठाउँ, एक्सपोजर, सिकाइ, नेटवर्किङ र लगानीका अवसरहरू उपलब्ध गराउने काम गर्दै आएको छ । सोचदेखि उद्योगसम्मको नारासहित अघि बढेको ‘आइडिया स्टुडियो नेपाल सिजन ६’ को प्रसारण शुरु गरेको छ । स्पेस ४ के टेलिभिजनमार्फत प्रसारण शुरु गरेको उक्त शो यहि पुष ७ गते देखि हरेक बिहीबार र शुक्रबार राति ८:३० देखि ९ बजे सम्म प्रसारण हुनेछ ।

आइडिया स्टुडियो नेपाले आफ्नो पाचौँ सिजनको प्रसारण सकेर छौटौँ सिजनको प्रसारण सुरु गर्दैगर्दा स्टुडियोले सयौँ आइडियालाई व्यावसायिक बाटो देखाइसकेको छ भने ६५ भन्दा धेरै आइडिया बोकेर आउने व्यवसायीलाई व्यावसायिक रूपमा समाजमा उतारिसकेको छ ।

यो वर्ष पनि ४० जना प्रतिस्पर्धीलाई स्टुडियोले स्कृनिङ र लाइभ अडिसनको माध्यमबाट छनौट गरि चारवटा विधामा बिभाजन गरिन्छ । जसमा ग्रिनोभेसन, मेड इन नेपाल, हाई फ्लाइङ र सोसियल इम्प्याक्ट नामक विधाहरु हुन्छन् । सहभागीले यी विधासँग सम्बन्धित व्यावसायिक योजना निर्णायकसामु सुनाउँछन् । जसका लागि यसअघि नै सहभागी प्रतिस्पर्धीलाई आइडिया स्टुडियोले व्यावसायिक तालिम दिइसकेको छ । यसरी तालिमपछि कार्यक्रममार्फत प्रतिस्पर्धामा उतार्दै हरेक विधाबाट विजेता छनौट गरिन्छ र उत्कृष्ट बनाउन सर-सल्लाह ,व्यवसायीक संजाल, इन्क्युबेसन कार्यक्रम , मेन्टरशिप , रियालिटी टिभी सो साथ साथै वित्तीय पहुँचका लागी सहजिकरण गराउन मद्दत पुर्याउदै आएको छ ।

कार्यक्रमको निणार्यक मण्डलमा डब्लूडब्लूएफका नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङ, आइडिया स्टुडियोका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा, गायिका तथा समाजसेवी ,आनी छोइङ डोल्मा फाउन्डेसनका कार्यकारी अध्यक्ष र संस्थापक आनी छोइङ डोल्मा, सिएनआइवाइएफकी अध्यक्ष , के-कन्सेप्ट की कार्यकारी निर्देशक प्राची अग्रवाल र सजिलो सेवाका सह-संस्थापकरवित्त प्रमुख,सुजित रेग्मी, क्यापिटल नेपालका प्रबन्ध सम्पादक प्रकट कुमार रहेका छन् ।

त्यसैगरी काजी स्टुडियो सीईओ कृति शाक्य,ठमेल डट कमका संस्थापक बाल के जोशी, महिलार हुमेन क्यानका संस्थापक अध्यक्ष सुषमा शर्मा, शिक्षा तथा आतिथ्य व्यवसायीका डा. राजेन्द्र केसी, कर्पोरेट ट्रेनर मानसी अग्रवाल, ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनका सीईओ खेम लकाई, मेगा बैंककी एमएसएमई इन्चार्ज रुक्मणी महर्जन, आध्यान्ता फण्ड म्यानेजमेन्ट लिमिटेडका सह-संस्थापक मनोज पौडेल, किम्बु टेककी सीईओ, कार्भिका थापा निर्णायक मण्डलमा रहेका छन् ।

Share News