ताम्राकार कम्प्लेक्सको दसैँ याेजना, एलइडी टिभी, मोवाइलदेखि पावरवैंकसम्म उपहार

<p>देशको मोवाइल सम्वन्धि हवका रुपमा विकास भएको न्यूरोडमा रहेको ताम्राकार मोवाइल कम्लेक्सले दसैँ तिहारको अवसरमा विशेष उपहार कार्यक्रम ल्याएको छ।  सामन्य समयमा पनि अन्यत्रको मेलाजस्तो हुने भएकोले चाडवाडको समयमा उपभोक्ताहरुलाई सुविधा दिनको लागि विशेष उपहार योजना ल्याइएको ताम्राकार मोवाइल व्यापार संघका महासचिव गुरुदत्त शर्माले जानकारी दिए।   असोज १२ गतेदेखि कात्तिक २१ गतेसम्म सञ्चालन हुने [&hellip;]</p>

देशको मोवाइल सम्वन्धि हवका रुपमा विकास भएको न्यूरोडमा रहेको ताम्राकार मोवाइल कम्लेक्सले दसैँ तिहारको अवसरमा विशेष उपहार कार्यक्रम ल्याएको छ।  सामन्य समयमा पनि अन्यत्रको मेलाजस्तो हुने भएकोले चाडवाडको समयमा उपभोक्ताहरुलाई सुविधा दिनको लागि विशेष उपहार योजना ल्याइएको ताम्राकार मोवाइल व्यापार संघका महासचिव गुरुदत्त शर्माले जानकारी दिए।
 tamrakar-mobile
असोज १२ गतेदेखि कात्तिक २१ गतेसम्म सञ्चालन हुने उक्त विशेष मोवाइल मेलामा ५ प्रतिशतदेखि ५० प्रतिशतसम्म मूल्यमा छुट दिइने शर्माले जानकारी दिए। सामन्य समयमा पनि दैनिक दशहजार ग्राहक आउने र पाँचसयभन्दा बढी मोवाइलको कारोबार हुने भएकोले सामन्य छुट जहिले पनि भएपनि चाडवाडको समयमा अलिक सहुलियत दिन खोजिएको ताम्राकार मोवाइल व्यापार संघका अध्यक्ष जगत साउदले जानकारी दिए।
यस्ता छन् छुट तथा उपहार योजना 
असोज १२ देखि २१ गतेसम्म पहिलो चरण भनिएको उक्त अभियानको अवधिमा मोवाइल खरिद गर्ने ग्राहक मध्ये दैनिक एकजनालाई ३२ इन्चका एलइडी टिभी, दैनिक ३ जनालाई स्मार्टफोन र दैनिक १० जनाले पावरबैंक पाउने छन्।
त्यस्तै दोस्रो चरणको दैनिक उपहार योजना पछि सार्वजनिक गरिने व्यापार संघले जानकारी दिएको छ। अभियानको पुरै अवधिमा  ताम्राकारमा रहेका जुनसुकै पसलबाट खरिद गरेपनि एकजनाले बजाजको पल्सर २०० सीसीको बाइक बम्पर पुरस्कार प्राप्त गर्ने अध्यक्ष साउदले बताए।
एक हजारदेखि डेढलाख मूल्य पर्ने मोवाइल पाइने ताम्राकारमा विश्वविख्यात सबै ब्राण्डका प्राय सबै मोडलहरु उपलब्ध हुने व्यापारीहरुले बताएका छन्। उनीहरुका अनुसार नेपालमा आउने जुनसुकै ब्राण्डका मोबाईल सबैभन्दा पहिले ताम्राकारमा आउने  गर्छन्।

Share News