पोखरा । इन्फोमेटिक्स कलेज पोखराको दिक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससि (अनस) कम्प्युटिङ र बिए (अनर्स) बिजनेस प्रशासन गरेर जम्मा १८१ विद्यार्थी सहभागी भएका थिए ।
समारोहमा बिए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक तह गर्ने १३ जना र बिएससि (अनस) कम्प्युटिङ तह पुरा गर्ने १६८ जना विद्यार्थी दिक्षित भएका थिए ।
बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्धारा सञ्चालित छ । दिक्षान्त समारोहमा विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा। वेन्डी ब्लोइसीले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए ।
दिक्षान्त समारोहमा आइएनजीका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको बताउँदै इन्फोमेटिक्स कलेज पढ्ने विद्याथीहरु सुचना प्रविधि क्षेत्रमा अग्र स्थानमा रहेको बताए ।
‘यहाँ अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानमाहरुमा रोजगार पाइरहेको छन्, नेपालमा बेलायती शिक्षाले गर्दा विद्यार्थीमा स्वअध्ययन बढेको छ, दिक्षित विद्यार्थीहरुको उज्वल भविष्यको शुभकामना छ,’ उनले भने ।