काठमाडौं । सिमुलेसन साइन्स सेन्टरको आयोजनमा ‘सिमुलेसन विज्ञान प्रदर्शनी २०२२’ सुरु भएको छ । होप्पील्याण्ड एमुजमेन्ट पार्कमा पुस १ गतेदेखि सुरु भएको प्रदर्शनी पुस ३० गतेसम्म सञ्चालन हुने छ ।
होप्पील्याण्ड एमुजमेन्ट एण्ड वाटरपार्कमा आयोजना गरिएको प्रदर्शनीमा बालबालिकाहरुलाई वैज्ञानिक नियम र सिद्धान्तहरुको बारेमा जानकारी गराइने उद्देश्य लिइएको छ ।अन्तरक्रियात्मक कार्यक्रममा पनि बालबालिकाहरु सहभागी हुने व्यवस्था मिलाइएको छ ।
प्रदर्शनीमा ग्याजेट र रोवोटिक कुराहरु प्रयोग गरिएको छ । जसलाई मेकानिकल र भौतिक विषयका विज्ञहरुको प्रशिक्षणले आगामी दिनमा बालबालिकहरुलाई विषय बुझ्नका लागि थप सहयो गर्ने अपेक्षा गरिएको छ ।
त्यहाँ डाइनोसरको बारेमा जानकारी गराउँदै बालिबालिकालाई त्यसैबाट बोटिङ गर्दा थप अध्ययन गर्न पाउने सिमुलेसन साइन्स सेन्टरकी प्रमुख कार्यकारी अधिकृत प्रतिक्षा थापाले जानकारी दिइन् ।
यो प्रदर्शनीमा स्कुले बालबालिका र उनका अभिभावकहरुले फाइदा लिन सक्ने थापाले बताइन् । प्रदर्शनीमा सहभागी हुने विद्यार्थीहरुले विद्यालयमा सिकेका कुराहरु अभ्यास गर्न पाउने व्यवस्था पनि मिलाइएको छ ।