असोज महिना भरी माछापुच्छ्रे बैंकको माछापुच्छ्रे महोत्सब

<p>काठमाडौं, ११ असोज । माछापुच्छ्रे बैंक लिमिटेड १७ औँ बर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले असोज महिना भरी बिभिन्न कार्यक्रमका साथ माछापुच्छ्रे महोत्सब मनाई रहेको छ । १७औं बर्षमा प्रबेश गरेको सुखद उपलक्ष्यमा माछापुच्छ्रे बैंकले सम्पूर्ण शाखाहरु मार्फत ग्राहकलाई मुस्कान सहितको सेवा प्रदान गरी ने बताएको छ । साथै, बैंकले यस महोत्सब अवधि [&hellip;]</p>

macchapuchhre_mahotsavकाठमाडौं, ११ असोज । माछापुच्छ्रे बैंक लिमिटेड १७ औँ बर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले असोज महिना भरी बिभिन्न कार्यक्रमका साथ माछापुच्छ्रे महोत्सब मनाई रहेको छ ।

१७औं बर्षमा प्रबेश गरेको सुखद उपलक्ष्यमा माछापुच्छ्रे बैंकले सम्पूर्ण शाखाहरु मार्फत ग्राहकलाई मुस्कान सहितको सेवा प्रदान गरी ने बताएको छ । साथै, बैंकले यस महोत्सब अवधि भर ग्राहकहरुलाई कर्जा लगायत डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिंग, लकर आदि सेवाहरुमा छुट दिने बताएको छ ।

महोत्सवमा सहभागी हुने ग्राहकहरुलाई विभिन्न डिस्काउण्ट कुपनहरु पनि उपलब्ध गराइने बैंकले जनाएको छ । बैंकले सर्वसाधारणहरुलाई असोज महिना भित्र माछापुच्छ्रे महोत्सवमा सहभागी भई विभिन्न लाभ उठाउन आव्हान गरेको छ ।

हाल बैकले कुल शाखा संख्या ५६, एक्स्टेन्सन काउण्टर १ र ७२ वटा एटिएमबाट ४ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको विज्ञप्तिमा जारी छ ।

Share News