मानव विकासमा नयाँ अनुसन्धान : २५ हजार वर्ष अघि आधा मानिस भारतमा बस्ने गर्दथे

<p>एजेन्सी । बनारस हिन्दू विश्वविद्यालय (बीएचयू) को एक अनुसन्धानमा एउटा चकित पार्ने तथ्य बाहिर आएको छ । वैज्ञानिकहरुका अनुसार २५ हजार वर्ष पहिले विश्वको आधा जनसंख्या भारतमा बस्ने गर्दथे । हालै भएको काशी तमिल संगम शैक्षिक कार्यक्रमको २७ औं दिन बिएचयुका वैज्ञानिक ज्ञानेश्वर चौबेले यस अनुसन्धानको बारेमा जानकारी दिएका छन् । अफ्रिकामा जन्मे, भारतमा हुर्के [&hellip;]</p>

एजेन्सी । बनारस हिन्दू विश्वविद्यालय (बीएचयू) को एक अनुसन्धानमा एउटा चकित पार्ने तथ्य बाहिर आएको छ । वैज्ञानिकहरुका अनुसार २५ हजार वर्ष पहिले विश्वको आधा जनसंख्या भारतमा बस्ने गर्दथे । हालै भएको काशी तमिल संगम शैक्षिक कार्यक्रमको २७ औं दिन बिएचयुका वैज्ञानिक ज्ञानेश्वर चौबेले यस अनुसन्धानको बारेमा जानकारी दिएका छन् ।

अफ्रिकामा जन्मे, भारतमा हुर्के
प्राध्यापक चौबे भन्छन्, आधुनिक मानव अफ्रिकामा उत्पत्ति भए पनि भारतमा हुर्केका हुन्। यही कारणले गर्दा २५ हजार वर्षअघि विश्वको आधा जनसंख्या भारतमा बस्ने गर्दथ्यो । अन्वेषकहरूले देशका विभिन्न भागबाट २५ हजार नमूनाको अध्ययन र अनुसन्धान गरी यस्तो नतिजा निकालिएको जनाइएको छ ।

डीएनए नमूनाहरूमा अध्ययन
यो अनुसन्धानमा वैज्ञानिकहरुले २५ हजार मानिसहरुको डिएनए नमूना परीक्षण गरेका थिए। यसमा भारतीय जनताको डीएनएलाई युरोप, पश्चिम एसिया, पूर्वी एसिया, साइबेरिया र अफ्रिकाका एक हजार डीएनए नमूनासँग तुलना गरिएको थियो। डिएनए उत्परिवर्तनबाट पुर्खाहरुको बारेमा जानकारी पाउन सकिन्छ। वैज्ञानिकहरु प्राप्त जानकारीहरुमाथि अध्धयन गरेर नै सो निष्कर्षमा पुगेका हुन् ।

कृषि औजारको प्रमाण पनि फेला परेको छ
प्राध्यापक चौबेले २५ हजार वर्षअघि हिमालय, अरब सागर र बङ्गालको खाडीको बीचमा रहेको भारतीय प्रायद्वीपमा अधिकांश मानिस बस्ने गरेको बताए । यहाँ तिनीहरूले राम्रो ठाउँ र खाना पनि पाए। त्यसपछि क्रमशः यी मानिसहरू एशिया र अन्य टापुहरूमा फैलिए। यसको प्रमाण पुरातत्वमा पनि पाइन्छ ।

प्रा. चौबेले वैज्ञानिकहरुले भारतमा नै माइक्रोलिथिक प्रविधि पत्ता लगाएको दाबी गरेका छन्। यसबाट ढुङ्गाका औजार बनाउन थालिएको थीयो। यससँगै सिन्धु–सरस्वती दोआबमा पनि खेतीको शुरु भएको थियो। भास्कर दैनिकबाट ।

Share News