नेपाल औषधी लिमिटेडको सेयर नीजि क्षेत्रलाई, २० देखि ३३ प्रतिशत सेयर दिने गृहकार्य

<p>काठमाडौं । नेपाल सरकारले नेपाल औषधी लिमिटेड सञ्चालन गर्नका लागि नीजि क्षेत्रलाई ३३ प्रतिशत सम्म सेयर र मनेज्मेन्ट कन्ट्याक्ट  दिने भएको छ। रुग्ण अवस्थामा रहेको कम्पनीलार्इ दीर्घकालिन रुपमा अघि बढाउन निजी क्षेत्रलार्इ सेयर दिन लागिएको हो। निजी क्षेत्रको दक्षताले कम्पनीलार्इ व्यवसायिक रुपमा अघि बढ्न सहज हुने मान्यताका साथ सरकारले पिपिपि अवधारणामा सञ्चालन गर्न लागेको हो। यो [&hellip;]</p>

काठमाडौं । नेपाल सरकारले नेपाल औषधी लिमिटेड सञ्चालन गर्नका लागि नीजि क्षेत्रलाई ३३ प्रतिशत सम्म सेयर र मनेज्मेन्ट कन्ट्याक्ट  दिने भएको छ। रुग्ण अवस्थामा रहेको कम्पनीलार्इ दीर्घकालिन रुपमा अघि बढाउन निजी क्षेत्रलार्इ सेयर दिन लागिएको हो।

nabindra-raj-joshi

निजी क्षेत्रको दक्षताले कम्पनीलार्इ व्यवसायिक रुपमा अघि बढ्न सहज हुने मान्यताका साथ सरकारले पिपिपि अवधारणामा सञ्चालन गर्न लागेको हो। यो सेयर लिने कम्पनीलार्इनै म्यानेजमेन्ट हेर्ने जिम्मा समेत दिने गरी सम्झौंता हुने उद्योग मन्त्रालयले तयारी गरेको छ।

औषधि लिमिटेडमा भएको एक कार्यक्रममा उद्योग मन्त्री नवीन्द्रराज जोशीले निजी क्षेत्रलाई २० देखि ३३ प्रतिशतसम्म इक्विटी सेयर दिने मोडलको तयारी अन्तिम चरणमा पुर्याएका बताएका छन्। जोशीले मन्त्रालयका कर्मचारीहर र  डा पुष्कर बज्राचार्यको समितिले कति प्रतिशत शेयर दिने भनेर प्रतिवेदन पेश गरेपछि टुङो लाग्ने बताए।

मन्त्री जोशीले चाँडै निजी क्षेत्रसँग कार्यसञ्चालन र इक्विटी सेयरका विषयमा प्रस्ताव आह्वान गर्ने बताए। उनले खुल्ला प्रतिस्पर्धामा जाने र त्यसमध्ये उत्कृष्ट प्रस्तावलाई संचालनमा ल्याउन दिने जानकारी दिए।मन्त्री जोशीले तत्काल उत्पादन हुने आठ किसिमका औषधीमा निजी क्षेत्रसँगको समन्वय आधारमा थप ७० किसिमका औषधी उत्पादन गर्ने जानकारी दिए।

Share News