काठमाडौं, १० असोज । बुम रेमिट्यान्स प्रा.लीले फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्था र काँक्रेविहार बिकास बैकलाई आफ्नो एजेन्ट नियुक्त गरेको छ ।
बुम रेमिट् मार्फत नेपालीले विदेशबाट पठाएको रकम फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्ने बैंकद्धारा जारी विज्ञेप्तिमा उल्लेख छ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा १७०० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् ।
उक्त सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट प्रमुख सञ्चालन अधिकृत बिष्णुमान श्रेष्ठ र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले र काँक्रेविहार बिकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कर्णबहादर सिन्जालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
हाल बुम रेमिट्यान्सले खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।