काठमाडौं, १० असोज । रिलायबल माइक्रोफाइनान्स वित्तिय संस्थाले २० प्रतिशत लाभांश दिने भएको छ ।
असोज ९ गते बसेको संस्थाको सञ्चालक समिति बैठकले लगानी कर्तालाई २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्विकृति तथा संस्थाको आगामी साधारण सभाले पारित गरेपछि लगानी कर्ताले २० प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् । पाँच करोड चुक्ता पुँजी रहेको कम्पनीले गत आर्थिक वर्षमा १ करोड ८८ लाख नाफा कमाएको थियो ।
त्यस्तै, सोही बैठकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय पनि गरेको छ ।