काठमाडौं, १० असोज । एक्सल डेभलपमेन्ट बैंकले २६ प्रतिशत लाभाांश दिने भएको छ । असोज ९ गते बसेको बैंक् सञ्चालक समितिको बैठकले लगानी कर्तालाई २५ प्रतिशत बोनस सेयर र एक दशमलब ३१५७९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो ।
बैंकको आगामी साधारण सभा र नेपाल राष्ट्र बैंकको स्विकृति पछि एक्सलका लगानी कर्ताले सो मात्रामा लाभांश पाउनेछन् । ३० लाख चुक्ता पुँजी भएको एक्सलले गत आवमा १० लाख नाफा कमाएको थियो ।