काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।
संस्थाले विभागीय प्रमुखमा वित्त व्यवस्थापन विभाग अन्तर्गत प्रवन्धक र सहायक प्रबन्धक पदमा १ जना, विभागिय प्रमुख पदमा असुली तथा जोखि ब्यवस्थापन विभागका लागि १ जना, विभागीय सहायक पदमा आन्तरिक लेखापरीक्षण विभागमा १ जना, विभागीय सहायकमा तालिम तथा सामाजिक विकास विभागका लागि १ जना र अनुगमन अधिकृतमा १ जनाको लागि कर्मचारीको माग गरेको हो ।
उक्त पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।