काठमाडौं । नेको इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।
कम्पनीले पोखरा ब्रान्चको लागि १ जना ब्रान्च म्यानेजर र सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट, जुनियर एसिस्टेन्ट पदका लागि १० जना कर्मचारी माग गरेको हो ।
उक्त पदहरुमा आवेदन दिनको लागि प्लस टु पास उत्तिर्ण देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको हो ।
ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले पुस ५ गतेसम्ममा कम्पनीको इमेल मार्फत आवेदन दिनुपर्नेछ ।